अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुले अहिले पनि एसाइलम आवेदन दिनसक्ने


प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार

ट्रम्प प्रशासनले नेपालको टीपीएस आगामी अगस्त ५ देखि समाप्त गर्ने निर्णय गरेको छ । यो अवस्थामा टीपीएसवाहकले अबका आफ्ना विकल्पहरुबारे विचार गरिरहेका छन् । त्यसमध्ये स्वदेश फर्कन ज्यानको जोखिम भएकाहरुका लागि एसाइलम एउटा विकल्प हुनसक्ने कानुनविदहरुको सुझाव छ ।

युएससीआईएसका अनुशार अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुलाई एसाइलमको एकबर्षे नियम हुँदैन । अध्यागमन नियमहरूको व्याख्या अनुसार टीपीएस प्रदान गरिएका व्यक्तिहरूले अमेरिकामा एसाइलम फाइल गर्नको लागि विस्तारित समयसिमा पाउन सक्नेछन् । अर्थात् अमेरिका आएको एकबर्ष नहुँदै टीपीएस लिएकाहरुले अगस्त ५ भन्दा अगाडि एसाइलम आवेदन दिन चाहेको खण्डमा एकबर्षको समयसिमाको परवाह नगरी दिनसक्नेछन् ।

हालको नियमहरूले शरणार्थीहरूलाई आवेदन फाइल गर्नको लागि उनीहरूको आगमन मितिबाट सामान्यतया एक वर्षको समय दिइएको छ। यद्यपि असाधारण परिस्थितिहरू सामना गर्ने व्यक्तिहरूको लागि अपवादहरू रहेका छन् । टीपीएसलाई पनि असाधारण अवस्थाका रुपमा स्वीकार गरिने संघीय नियमहरूको कोडमा उल्लेख छ ।

संघीय नियमहरूको कोडमा टीपीएसलाई असाधारण अवस्थाका रुपमा स्वीकार गरिनेमात्र उल्लेख भएपनि थप व्याख्या भने थिएन । तर युएससीआईएसले यसबारे थप व्याख्या गर्दै टीपीएस लिंदा एकबर्षको घडी समाप्त भइसकेको छैन भने अमेरिकामा आइपुगेको एक वर्ष भित्र एसाइलमका लागि फाइल गर्नुपर्ने आवश्यकतामा उक्त घडी रोकिने जनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमका लागि एकबर्षे नियममा छुट पाउन सकिने असाधारण अवस्थाहरु

उदाहरणका लागि कोही व्यक्तिले अमेरिका आएको ६ महिनामा नै टीपीएस लिएको थियो भने एसाइलम आवेदन दिने प्रयोजनका लागि अहिलेपनि उसको अवधि ६ महिना नै गणना हुन्छ । उसको टीपीएस समाप्त भएको अर्को ६ महिनाभित्र एसाइलम आवेदन दिनसक्छ । जसको अर्थ अमेरिकाको आएको एकबर्ष नपुग्दै टीपीएस लिएकाहरुले अहिले पनि अमेरिकामा एसाइलम फाइल गर्न पाउँछन् । तर एसाइलमका लागि योग्य व्यक्तिलाई टीपीएस समाप्त भएपछिको अवधि नकुर्न कानुनविदहरुको सुझाव छ । किनभने टीपीएस समाप्त भइसकेपछि उनीहरु तत्काल देशनिकालाको जोखिममा पर्नसक्ने भएकाले टीपीएस समाप्त हुनु अगाडि नै कदम चाल्न सुझाव दिइएको छ ।

यो स्पष्टीकरणले एकबर्षको अवधिभित्र एसाइलम फाइल गर्न चुनौतीको सामना गरेका टीपीएस भएका व्यक्तिहरूका लागि सम्भावित रूपमा महत्त्वपूर्ण फाइदाहरू प्रदान गर्दछ । एसाइलम योग्यताबारे अनभिज्ञता भएका, कानूनी प्रतिनिधित्व पहुँच गर्न कठिनाई भएका, उत्पीडनको आवश्यक प्रमाण जुटाउन सयम लागेकाहरुलाई यो व्याख्याले राहत प्रदान गर्छ ।

टीपीएसले घडी रोकेका कारण आवेदकहरुले अब यी अवरोधहरू छिचोल्न र अझै पनि एसाइलम आवेदन दिन सक्छन् । एसाइलम आवेदनहरूको जटिलताहरू पत्ता लगाउनका लागि कानुनी सल्लाह खोज्नु उचित हुन्छ ।  अध्यागमन वकिलले व्यक्तिगत परिस्थितिहरूको मूल्याङ्कन गरेर उचित सल्लाह दिनसक्छन् भने उचित आवेदन प्रक्रियाहरू अपनाइएको सुनिश्चित गर्न सक्छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com