अमेरिकाले अघि सारेको युद्धविराम प्रस्तावमा हमासले संशोधन खोजेपछि ट्रम्पका दूतले भने – अस्वीकार्य


प्रकाशित मिति : जेष्ठ १८, २०८२ आईतबार

Trump

हमासले अमेरिकाद्वारा अघि सारिएको गाजा युद्धविराम प्रस्तावको जवाफ पेश गरेको छ । वासिङ्टनका मुख्य वार्ताकारले जवाफलाई तुरुन्तै ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै आलोचना गरेका छन् ।

अमेरिकी दूत स्टिभ विट्कोफको प्रस्ताव यथावत रूपमा स्वीकार नगरिएको तर प्रस्तावबारे समूहको प्रतिक्रिया सकारात्मक रहेको र स्थायी युद्धविरामको आवश्यकतामा जोड दिएको हमासले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विट्कोफद्वा गाजा युद्धविरामका लागि अघि सारिएको प्रस्तावमा हमासले जनाएको प्रतिक्रिया ‘अस्वीकार्य’ भएको र हमास ‘उसको अडानमा हलचल नभएकोे’ आरोप लगाएका छन् ।

इजरायलले शुक्रबार हमासलाई सम्झौता स्वीकार गर्न र गाजामा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न दबाब दिएको र यसो नभएमा हमासको निर्मुल पार्ने गरी बाँकी कारबाही अघि बढ्ने बताएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबार एक वक्तव्य जारी गर्दै हमासले मध्यस्थता पक्षका लागि ‘आफ्नो जवाफ पेश गरेको’ जनाएको थियो ।

“यस सम्झौताको एक भागको रूपमा प्यालेस्टिनी कैदीहरूको रिहा गर्न सहमत सङ्ख्याको बदलामा बन्धक अवस्थामा मृतक भएका इजरायली १८ शवहरू फिर्ता गर्नुका साथै १० जीवित कैदीहरूलाई रिहा गरिनेछ,” विज्ञप्तिमा भनिएको छ।

समूहको राजनीतिक ब्यूरोको एक स्रोतका अनुसार उसले विट्कोफलाई सकारात्मक प्रतिक्रिया दिएको छ तर गाजा पट्टीबाट स्थायी युद्धविराम र पूर्ण इजरायली फिर्ताको सुनिश्चततालाई जोड दिएको छ।

विटकोफले भने, “हमासको जवाफ ‘पूर्ण रूपमा अस्वीकार्य’ छ र यसले सच्चा अर्थमा युद्धविराम चाहेको हो भने ‘हामीले अगाडि सारेको प्रस्ताव स्वीकार गर्नुपर्छ’।”

उनले एक्समा एक पोस्ट जारी सन्देशमा भनेका छन्, “स्थायी युद्धविराममा पुग्ने प्रयासका लागि असल नियतका साथ ठोस वार्ता आगामी दिनमा हामीले ६० दिने युद्धविराम सम्झौतालाई अघि बढाउन सकिने एक मात्र उपाय भनेको आधा जीवित बन्धक र आधा मृतकहरु आफ्नो इजरायल वा उनीहरूको परिवार रहेको घरमा फर्किनेछन् ।”

हमासले लामो समयदेखि कुनै पनि सम्झौताले युद्धको स्थायी अन्त्यका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताउँदै आएको छ । तर, इजरायलले सन् २०२३ को अक्टोबरमा भएको आक्रमणको पुनरावृत्ति हुन नदिन उक्त समूहलाई ध्वस्त पार्नुपर्नेमा जोड दिँदै आएको छ ।

इजरायलले हालै गाजामा हमासलाई परास्त गर्न आफ्नो अभियानलाई तीव्र बनाएको छ ।

नेतन्याहूको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले हाम्रा बन्धकहरूको रिहाईका लागि अद्यावधिक विटकोफ फ्रेमवर्कमा सहमति जनाएको छ, तर हमासले आफ्नो अडानलाई निरन्तरता दिइरहेको छ।”

“इजरायलले बन्धकहरूलाई घर फर्काउन र हमासलाई परास्त गर्ने आफ्नो प्रयासलाई जारी राख्नेछ।”

गत मार्च १८ मा यसअघिको युद्धविराम भङ्ग भएपछि इजरायली सैन्य कारबाही पुनः सुरु भएको र युद्धविराम वार्तामा सफलता हासिल हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रबार दुवै पक्ष सम्झौताको निकै नजिक रहेको बताएका थिए ।

वार्तामा संलग्न दुई स्रोतका अनुसार विटकोफको प्रस्तावमा ६० दिनको युद्धविराम समावेश छ, जुन सम्भवतः ७० दिनको लागि विस्तार गर्न सकिन्छ।

यसमा प्यालेस्टाइनी कैदीहरूको बदलामा पाँच जीवित बन्धकहरूको रिहाई र नौ शव फिर्ता गर्ने शर्त समावेश छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com