गाजाको अवस्था सुधार नभएसम्म इजरायलबारेको धारणा ‘कडा’ हुनुपर्छ : म्याक्रोन


प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार

France’s President Emmanuel Macron delivers an address during a reception for members of the French community at the International French School (IFS) in Singapore on May 30, 2025. (Photo by Ludovic MARIN / AFP)

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गाजाको मानवीय स्थितिमा उचित प्रतिक्रिया नदिएमा युरोपेली देशहरूले इजरायलविरुद्ध ‘सामूहिक स्थिति कडा पार्नुपर्ने’ बताएका छन् ।

गाजामा बढ्दो भोकमरी सङ्कटलाई लिएर इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब बढ्दै जाँदा म्याक्रोनले ‘आगामी केही घण्टा र दिनहरूमा’ कारबाही आवश्यक रहेको बताए ।

उउले प्यालेस्टिनी राज्यलाई शर्तसहित मान्यता दिनु ‘नैतिक कर्तव्य मात्र नभई, राजनीतिक आवश्यकता रहेको बताए ।

म्याक्रोन दक्षिणपूर्वी एसियाको कूटनीतिक भ्रमणमा छन् । उनले यस हप्ताको सुरुमा भियतनाम र इन्डोनेसियाको भ्रमण पनि गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जकार्तामा हुँदा म्याक्रोन र इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तोले गाजालाई नियन्त्रण लिने इजरायली योजना र ‘प्यालेस्टिनी जनसङ्ख्यालाई आफ्नो मातृभूमिबाट जबरजस्ती हटाउने’ कुनै पनि कदमको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरे ।

पेरिसले ‘केही सर्तमा प्यालेस्टिनी राज्यका लागि मान्यताको आन्दोलनलाई अगाडि बढाउने’ आशा गरेको छ । यसमा हमासको विसैन्यीकरण र इजरायलको अस्तित्व र आफ्नो रक्षा गर्ने अधिकारको मान्यता समावेश रहेको म्याक्रोनले इन्डोनेसियाको राजधानीमा बताए ।

दुई महिनाभन्दा बढी इजरायली नाकाबन्दीपछि यस क्षेत्रमा सहायता फिर्ता आउन थालेपछि पनि गाजाको मानवीय अवस्था डरलाग्दो रहेको छ । खाद्य सुरक्षा विज्ञहरूले पाँचमध्ये एक जना मानिस भोकमरीमा परेको बताएका छन् ।

हमासलाई नष्ट गर्ने नयाँ धक्काका रूपमा इजरायलले पनि आफ्नो सैन्य आक्रमणलाई तीव्र बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com