एलन मस्कको प्रशंसा गर्दै ट्रम्पले गरे शुक्रबार पत्रकार सम्मेलनको आयोजना


प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डलर अर्बपति एलन मस्कको प्रशंसा गरेका छन् ।

उनले ओभल अफिसमा अर्बपति मस्कसँगसँग पत्रकार सम्मेलन आयोजना गर्ने घोषणा गरेका छन्। यो पत्रकार सम्मेलन शुक्रबार दिउँसो १ : ३० बजे ईएसटी (१७३० जीएमटी) र नेपाली समयअनुसार राति १२:१५ बजे सुरु हुनेछ ।

ट्रम्प प्रशासनमा मस्कको कार्यकाल आज समाप्त हुँदैछ।

‘यो उनको अन्तिम दिन हुनेछ । तर। वास्तवमा होइन, किनभने उनी हरतरहबाट सहयोग गर्दै सधैं हामीसँग रहनेछन् ।’, ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले थपे, ‘एलन उत्कृष्ट छन् !’

मस्कले बुधबार ह्वाइट हाउसको आफ्नो कार्यकालबाट बाहिरिने घोषणा गरेका थिए। यसले टेस्लाका लगानीकर्ताहरूलाई केही राहत प्रदान गरेको छ, किनभने यस वर्ष शेयरहरूमा कमी आएको थियो। यो आंशिक रूपमा ट्रम्प र युरोपका दक्षिणपन्थी पार्टीहरूलाई मस्कको समर्थनको प्रतिक्रियाका कारण भएको हो।

अर्बपति मस्कले ट्रम्पको तथाकथित डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसिएन्सीको नेतृत्व गरेका थिए, जसलाई संघीय खर्च कटौती गर्ने जिम्मेवारी दिइएको थियो।

गत मंगलबार मस्कले अमेरिकी कंग्रेसमा अघि बढिरहेको रिपब्लिकनहरूको कर र बजेट विधेयकको मूल्य ट्यागको आलोचना गरेका थिए।

गत वर्ष ट्रम्पको राष्ट्रपति अभियान र अन्य रिपब्लिकन उम्मेदवारहरूमा झन्डै ३०० मिलियन डलर खर्च गरेपछि, मस्कले हालै राजनीतिमा कम खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com