एलन मस्कले ट्रम्प प्रशासनबाट बाहिरिने निर्णय गरेसँगै टेस्लाको सेयर उकालो, जगायो आशा


प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार

टेस्लाका सीईओ एलन मस्कले ट्रम्प प्रशासनमा आफ्नो सल्लाहकार भूमिकाबाट बाहिरिने निर्णय गरेसँगै टेस्लाको सेयर बिहीबार २ प्रतिशत भन्दा बढीले उकालो लागेको छ । टेक अर्बपतिले जुनमा बहुप्रतीक्षित रोबोट्याक्सी डेब्यू अघि इलेक्ट्रिक वाहन कम्पनीमा आफ्नो ध्यान केन्द्रित गर्ने समाचारले लगानीकर्ताहरूमा आशा जगाएको छ ।

मस्कको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संलग्नता र युरोपमा दक्षिणपन्थी नीतिहरूप्रति उनको मुखर समर्थनले टेस्लाविरुद्ध विरोधहरू भड्काएको थियो, जसले केही ग्राहकहरूलाई टाढा धकेल्यो र सेयरहोल्डरहरूमा ब्रान्ड क्षतिको चिन्ता बढाएको थियो । टेस्ला सन् २०२४ मा ऐतिहासिक गिरावटपछि लगातार दोस्रो वर्ष बिक्री घट्ने बाटोमा छ, जसले स्पेसएक्स र एक्सका मालिकसमेत रहेका मस्कमाथि कम्पनीलाई पुनस् वृद्धिको बाटोमा ल्याउन दबाब बढाएको छ।

मार्चमा भएको सेयरहोल्डर बैठकमा, मस्कले सरकारको दक्षता विभागमा आफ्नो भूमिका घटाउने संकेत गरेका थिए । उनले भनेका थिए, “म हप्तामा एक वा दुई दिन मात्र समय दिनेछु।” गत हप्ता उनले आफ्नो राजनीतिक खर्चमा ठूलो कटौती गर्ने प्रतिबद्धता पनि जनाए । गत वर्ष ट्रम्पको अभियान र अन्य रिपब्लिकन प्रयासहरूमा करिब ३०० मिलियन डलर खर्च गरेका थिए।

“यो टेस्ला सेयरहोल्डरहरूको लागि संगीत जस्तै हो,” वेडबश सेक्युरिटीजका विश्लेषक ड्यान इभ्सले भने, जो लामो समयदेखि टेस्लाका समर्थक हुन्। उनले थपे, “२०२५ मस्क र टेस्लाको लागि अँध्यारो अध्यायको रूपमा सुरु भएको थियो, तर अब ती दिनहरू पछाडि जानेछन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com