एकमहिनामा ६५७ जना नेपालीलाई नेपालबाटै ग्रिनकार्ड, डाइभसिर्टी भिसा पाउनेहरु घटे


प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको पहिलो महिना नेपालबाटै ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसा पाउने नेपालीको संख्यामा वृद्धि देखिएपनि मार्चमा यो संख्यामा केही गिरावट देखिएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार मार्चमा ६५७ जना नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका छन् । जो बाइडेनको कार्यकालको अन्तिम महिना जनवरीमा ७७८ जना नेपालीहरूले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेकोमा ट्रम्प आइसकेपछि फेब्रुअरीमा ७९७ जना नेपालीहरूले अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेका थिए ।

फेब्रुअरीमा आप्रवासी भिसा पाउनेहरूमा सबैभन्दा धेरै डिभी विजेताहरू ३९४ जना रहेका थिए । मार्चमा पनि डिभी विजेताहरु सबैभन्दा धेरै भिसा पाउनेहरुमा रहेपनि फेब्रुअरीको तुलनामा कम अर्थात् २८० जनामात्र डिभी विजेता नेपालीहरुले अमेरिकाको आप्रवासी भिसा पाएका छन् । फेब्रुअरीमा अमेरिकी नागरिकका बाबुआमाहरू १७३ जनाले आप्रवासी भिसा प्राप्त गरेकोमा मार्चमा पनि यसमा कमी आएर १६४ मा झरेको छ ।

ट्रम्पको कार्यकाल सुरु भएपछि फेब्रुअरीमा आप्रवासी भिसा पाउने नेपालीहरूको संख्या चालु आर्थिक वर्षका अन्य कुनै पनि महिनाको तुलनामा बढी रहेको थियो । अक्टोबरमा ६६९, नोभेम्बरमा ४७६, डिसेम्बरमा ६९६ र जनवरीमा ७७८ जना नेपालीले आप्रवासी भिसा पाएकोमा फेब्रुअरीमा यो सबै मासिक नम्बरको तुलनालाई उछिनेको थियो । तर मार्चमा पुन गिरावट आउँदा नोभेम्बरबाहेक चालु आर्थिक बर्षको कुनै पनि महिनाको तुलनामा कमी देखिएको छ ।

आप्रवासी भिसा प्राप्त गर्नेहरूले नेपालमै बस्दा वा अमेरिकाबाहिर रहँदा नै ग्रिनकार्डका लागि आवेदन स्वीकृत गराएका हुन्। उनीहरूले अमेरिका पुगेपछि सामान्यतया एक महिनाभित्र दिएको ठेगानामा ग्रिनकार्ड प्राप्त गर्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाका वार्षिक १० हजारभन्दा बढी नेपालीहरूले ग्रिनकार्ड प्राप्त गर्दै आएका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको आर्थिक वर्ष २०२३ मा कुल ११,६४० जना नेपालीहरूले अमेरिकाको ग्रिनकार्ड पाएका थिए, जसमध्ये अमेरिका आइसकेपछि ग्रिनकार्ड आवेदन दिएर ग्रिनकार्ड प्राप्त गर्नेहरू ४,०८० र नेपालबाटै आप्रवासी भिसामा आउनेहरू ७,५६० रहेका थिए। यो संख्यामा ३,३७५ डिभी लोटरी विजेताहरू र १ हजारको हाराहारीमा शरणार्थी ९एसाइलम० बाट ग्रिनकार्ड पाउनेहरू छन्। अर्थात्, रोजगार र परिवारमा आधारित ग्रिनकार्ड पाउनेहरू ८ हजारको हाराहारीमा छन्।

आर्थिक वर्ष २०२२ को तथ्यांक हेर्दा १२ हजार १० जना नेपालीहरूले अमेरिकाको ग्रिनकार्ड पाएका थिए। तीमध्ये २,८९४ जना डिभी लोटरीमार्फत र १,२६२ जनाले एसाइलम मार्फत ग्रिनकार्ड प्राप्त गरेका थिए। झण्डै ८ हजार नेपालीहरूले परिवार र रोजगारमा आधारित ग्रिनकार्ड पाउन सफल भएका थिए।

तथ्यांक हेर्दा सन् २०१३ मा १३,०४६, सन् २०१४ मा १२,३५७, सन् २०१५ मा १२,९२६, सन् २०१६ मा १२,८५१, सन् २०१७ मा ११,६१०, सन् २०१८ मा ११,९५३, सन् २०१९ मा १०,२०१ जना नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए। कोरोना महामारीका बाबजुद २०२० मा ७,८४७ र २०२१ मा ७,३०९ नेपालीले अमेरिकाको ग्रिनकार्ड पाएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com