गैरकानुनी आप्रवासनलाई सघाउने भारतीय ट्राभल एजेन्सीका मालिक र कर्मचारीलाई अमेरिकी भिसा प्रतिबन्ध


प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार

अमेरिकी विदेश मन्त्रालयले गैरकानुनी आप्रवासनलाई सहज बनाउने भारतमा आधारित र सञ्चालित ट्राभल एजेन्सीका मालिक, कार्यकारी तथा वरिष्ठ अधिकारीहरूलाई भिसा प्रतिबन्ध लगाउने भएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार मिसन इन्डियाको कन्सुलर मामिला र कूटनीतिक सुरक्षा सेवा दूतावास र वाणिज्य दूतावासहरूमा हरेक दिन गैरकानुनी आप्रवासन, मानव तस्करी र तस्करी सञ्जालमा संलग्नहरूलाई पहिचान गर्न र लक्षित गर्न सक्रिय रूपमा काम गर्छ।

विदेश मन्त्रालयले गैरकानुनी आप्रवासन सञ्जाललाई रोक्न ट्राभल एजेन्सीका मालिक, कार्यकारी तथा वरिष्ठ अधिकारीहरूविरुद्ध भिसा प्रतिबन्ध लगाउने कदमहरू चालिरहने बताएको छ। आप्रवासन नीतिको उद्देश्य विदेशी नागरिकहरूलाई अमेरिकामा गैरकानुनी आप्रवासनको खतराबाट जानकारी दिनु मात्र नभई अमेरिकी कानुनको उल्लंघन गर्ने व्यक्तिहरूलाई जवाफदेही बनाउनु पनि हो।

अमेरिकी आप्रवासन कानुन र नीतिहरूको कार्यान्वयन कानुनको शासन कायम राख्न र अमेरिकीहरूको संरक्षण गर्न महत्त्वपूर्ण रहेको उल्लेख गर्दै, यो भिसा प्रतिबन्ध नीति विश्वव्यापी रहेको तथा भिसा छूट कार्यक्रमका लागि अन्य तरिकाले योग्य व्यक्तिहरूलाई पनि लागू हुने विदेश मन्त्रालयको भनाइ छ। यी कार्यहरू आप्रवासन र राष्ट्रियता ऐनको धारा २१२(ए)(३)(सी) अनुसार लिइएका हुन्।

यस अगाडि मार्चमा अमेरिकी विदेश मन्त्रालयले अवैध आप्रवासनलाई सघाउने विदेशका सरकारी अधिकारी र कर्मचारी लगायतलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अमेरिकालाई सुरक्षित, बलियो र थप समृद्ध बनाउन अमेरिकाको सिमाना सुरक्षित गर्नु अत्यन्तै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियालेले  नयाँ भिसा प्रतिबन्ध नीति घोषणा गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त प्रतिबन्ध अवैध आप्रवासनलाई सघाउने विदेशी सरकारका अधिकारीहरु, अध्यागमन र भन्सार अधिकारीहरू, विमानस्थल र बन्दरगाह प्राधिकरणका अधिकारीहरूका हकमा लागु गरिएको थियो  । त्यस्तै अमेरिकामा अवैध आप्रवासनलाई जानाजानी सहयोग पुर्‍याउन जिम्मेवार सबै व्यक्तिका सन्दर्भमा यो प्रतिबन्ध लागु हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको थियो ।

अध्यागमन कानून लागू गर्न असफल भएमा वा अमेरिकाको दक्षिणपश्चिम सिमाना हुँदै गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गर्न चाहने विदेशीहरूको ट्रान्जिटलाई जानाजानी सहज बनाउने नीति र अभ्यासहरू स्थापना र कार्यान्वयन गर्ने लगायतलाई पनि भिसा प्रतिबन्ध लागु गरिएको थियो  । आप्रवासी मार्गहरूमा रहेका देशहरूले गैरकानूनी रूपमा अमेरिकामा प्रवेश गर्न खोज्ने विदेशीहरूको ट्रान्जिटलाई रोक्नको लागि आफ्नो भूमिका खेल्नुपर्ने रुबियोले वक्तव्यमार्फत बताएका थिए ।

यो  नीतिले २०२४ मा विस्तार गरिएको अवस्थित थ्रीसी नीतिलाई पूरक बनाउने विदेश मन्त्रालयको भनाई थियो । २०२४ को नीति निजी क्षेत्रका ट्राभल एजेन्सी लगायतसँग सम्बन्धित छ जसमा जानीजानी अमेरिकामा अवैध आप्रवासनका लागि यातायात र यात्रा सेवाहरू प्रदान गर्नेहरुलाई भिसा प्रतिबन्ध लगाउने उल्लेख थियो ।

ती अधिकारीहरूले अवैध आप्रवासन र ट्रान्जिट रोक्नको लागि कानून लागु नगरेसम्म उनीहरुमाथिका प्रतिबन्धहरु जारी रहने रुबियोको भनाई छ । उनले राष्ट्रिय सुरक्षा हितको रक्षा गर्न अमेरिका पछि नहट्ने बताएका छन् ।

अध्यागमन र राष्ट्रियता ऐनको धारा ए ३ सी अनुसार अमेरिकामा प्रवेश गर्दा लागि सम्भावित रूपमा गम्भीर प्रतिकूल विदेश नीति परिणामहरू हुन सक्ने कुनै पनि विदेशीलाई भिसा प्रतिबन्ध लगाउनसक्ने अधिकार अमेरिकी विदेशमन्त्रीलाई दिएको छ । उनीहरुका परिवारका सदस्यहरू पनि यी प्रतिबन्धहरूमा समावेश हुनसक्ने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com