नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अमेरिकामा रिलिज, झण्डै ३ दर्जन थिएटरमा प्रदर्शन जारी


प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार

नेपाली चलचित्र ‘ऊनको स्वीटर’ अमेरिकाका प्रमुख शहरहरूमा रिलिज भएको छ। यो चलचित्रले नेपालमा रिलिजको पहिलो हप्तामै ५ करोड ७५ लाखको आकर्षक व्यापार गर्न सफल भएको छ। विपिन कार्की, मिरुना मगर, एलिसा पराजुली, र परिशी थापा लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको यो चलचित्र अमेरिकाका ३० भन्दा बढी शहरहरूमा एकसाथ प्रदर्शनमा आएको हो। अमेरिकाका नेपाली दर्शकहरूले उत्साहका साथ यो चलचित्र हेरिरहेका छन्।

‘ऊनको स्वीटर’ ले न्यूयोर्कदेखि क्यालिफोर्नियासम्म, टेक्सासदेखि वासिङ्टनसम्म र ओहायोदेखि फ्लोरिडासम्मका नेपाली दर्शकहरूलाई आफ्नो नजिकको सिनेमा हलमा मनोरञ्जन प्रदान गरेको छ। विशेषगरी, यो चलचित्रको कथावस्तु, अभिनय र प्रस्तुतिले दर्शकहरूको मन जितेको छ, जसले गर्दा सिनेमा हलहरूमा दर्शकहरूको भीड लागेको छ।

यो चलचित्र अमेरिकाका विभिन्न क्षेत्रहरूमा प्रदर्शनमा छ। पूर्वोत्तर क्षेत्रमा म्यासाचुसेट्स, न्यू ह्याम्शायर, कनेक्टिकट र न्यूयोर्कका सिनेमा हलहरूमा यो चलचित्र हेर्न सकिन्छ। त्यस्तै, मिड-एट्लान्टिक क्षेत्रमा पेन्सिलभेनिया, मेरील्याण्ड, भर्जिनिया र वासिङ्टन डीसीमा प्रदर्शन भइरहेको छ।

मिडवेस्ट क्षेत्रमा ओहायो, इलिनोइस, आयोवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीका सिनेमा हलहरूमा यो चलचित्र उपलब्ध छ। दक्षिणी क्षेत्रमा जर्जिया, फ्लोरिडा र टेनेसीमा यो चलचित्र प्रदर्शन भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण मध्य क्षेत्रमा टेक्सासमा यो चलचित्र हेर्न सकिन्छ। माउन्टेन वेस्ट क्षेत्रमा कोलोराडोमा र पश्चिमी तटमा वासिङ्टन र क्यालिफोर्नियामा यो चलचित्र प्रदर्शनमा छ।

चलचित्रका टिकटहरू अनलाइनमार्फत सहजै उपलब्ध छन्। दर्शकहरूलाई सिट सुनिश्चित गर्न समयमै टिकट बुक गर्न अनुरोध गरिएको छ। टिकट बुक गर्नका लागि यो लिङ्क प्रयोग गर्न सकिन्छ। सिमित सिटहरू उपलब्ध भएकाले दर्शकहरूलाई चाँडो बुकिङ गर्न सल्लाह दिइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com