बेइजिङ र वासिङ्टनबीचको सहमतिपछि चीनले बोइङ विमानमाथिको प्रतिबन्ध हटायो


प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार

चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्न लगाएको प्रतिबन्ध हटाएको छ। बेइजिङ र वासिङ्टनले व्यापार युद्धको तनाव कम गर्न ९० दिनका लागि भन्सार शुल्क घटाउने सहमति गरेपछि यो कदम चालिएको जनाइएको छ।

गत महिना अमेरिकी विमान निर्माता बोइङले चिनियाँ एयरलाइन्सले उच्च भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी लिन छाडेको बताएको थियो। तर, चिनियाँ अधिकारीहरूले अब घरेलु वाहकहरूलाई अमेरिकी विमानको अर्डर पुनः सुरु गर्न अनुमति दिएको समाचार छ। बोइङले यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

सोमबार दुई देशले भन्सार शुल्क घटाउने घोषणा गरेका थिए। अमेरिकाले चीनबाट हुने आयातमा लगाएको १४५ प्रतिशतभन्सार शुल्कलाई ३० प्रतिशतमा झारेको छ भने चीनले अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत शुल्कलाई १० प्रतिशत मा घटाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सहमतिलाई ‘पूर्ण पुनर्निर्धारण’ को संज्ञा दिँदै चिनियाँ समकक्षी सी जिनपिङसँग चाँडै वार्ता हुनसक्ने बताएका छन्। बोइङका प्रमुख कार्यकारी केली ओर्टबर्गले सन् २०२५ मा चीनलाई करिब ५० वटा विमान आपूर्ति गर्ने योजना रहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनको विदेश मन्त्रालयले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com