ट्रम्पको कार्यकारी आदेश: कागजातविहीन आप्रवासीलाई अमेरिकी विमानस्थलबाट निःशुल्क उडान


प्रकाशित मिति : बैशाख २७, २०८२ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीहरूलाई अमेरिकाबाट स्वेच्छिक रूपमा फर्कन प्रोत्साहन गर्न बोनस र निःशुल्क उडान प्रदान गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको उक्त कार्यकारी आदेशले स्व-निर्वासन गर्न इच्छुक कागजातविहीन आप्रवासीहरूलाई सरकारी खर्चमा उडान सुविधा र आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गर्दछ।

यस कार्यक्रमलाई ‘प्रोजेक्ट होमकमिङ’ नाम दिइएको छ। सरकारी निकायहरूलाई यात्रा कागजात नभएका आप्रवासीहरूलाई यात्रा सुविधा उपलब्ध गराउन, कागजातविहीन आप्रवासीहरूलाई कुनै शुल्क नलिई उडान उपलब्ध गराउन, विमानस्थलमा कन्सियर्ज सेवामार्फत यात्रा बुकिङमा सहयोग गर्न तथा अमेरिका छाडेपछि बोनस प्रदान गर्न निर्देशन दिइएको छ।

कुनै पनि कागजातविहीन आप्रवासीले विमानस्थलमा आएर अमेरिकाबाट निःशुल्क उडान प्राप्त गर्न सक्ने ट्रम्पले बताएका छन्। राष्ट्रपतिको भनाइ अनुसार, होमल्याण्ड सेक्युरिटी विभागको नयाँ सीबीपी होम एपमार्फत कागजातविहीन आप्रवासीले कुनै पनि विदेशी देशमा निःशुल्क उडान बुक गर्न सक्नेछन्। “अमेरिकाबाट जहाँसुकै जान सकिने” उनले घोषणा गरेका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यस हप्ता अमेरिका छाड्ने प्रत्येक आप्रवासीलाई १ हजार डलर बोनस प्रदान गर्ने घोषणा गरिसकेको छ। अमेरिका नछाड्ने कागजातविहीन आप्रवासीले कडा परिणाम भोग्नुपर्ने चेतावनी दिँदै यस्तो कार्यक्रम ल्याइएको हो। अमेरिका नछाडेमा भारी जरिवाना, जेल सजाय, र अमेरिकाले तोकेको स्थान तथा तरिकामा अचानक देशनिकाला हुने प्रावधान समेत यसमा समावेश छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पको कार्यकारी आदेशले विदेश मन्त्री मार्को रुबियो र होमल्याण्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमलाई ‘प्रोजेक्ट होमकमिङ’ कार्यक्रम तथा यसबाट हुने परिणामहरूबारे कागजातविहीन आप्रवासीलाई सूचित गर्न राष्ट्रव्यापी सञ्चार अभियान सुरु गर्न निर्देशन दिएको छ। यो कार्यक्रम आगामी ६० दिनभित्र सुरु हुने बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com