विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार

Trump

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाएका छन्।

आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले यो घोषणा गर्दै लेखे, ‘अमेरिकामा चलचित्र उद्योग निकै तीव्र गतिमा समाप्त हुँदैछ। अन्य देशहरूले हाम्रा चलचित्र निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक प्रकारका प्रोत्साहन दिइरहेका छन्।’

उनले यो अन्य देशहरूबाट गरिएको संगठित प्रयास भएको र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ भएको बताए।

उनले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिइसकेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले लेखे, ‘हामी फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहन्छौं।’

जनवरीमा आफ्नो दोस्रो कार्यकालको सुरुवातपछि, ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्। करले अमेरिकी निर्माताहरूलाई प्रोत्साहन मिल्नेछ र रोजगारीहरू जोगिने उनको विश्वास छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com