विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार

Trump

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाएका छन्।

आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले यो घोषणा गर्दै लेखे, ‘अमेरिकामा चलचित्र उद्योग निकै तीव्र गतिमा समाप्त हुँदैछ। अन्य देशहरूले हाम्रा चलचित्र निर्माता र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक प्रकारका प्रोत्साहन दिइरहेका छन्।’

उनले यो अन्य देशहरूबाट गरिएको संगठित प्रयास भएको र त्यसैले यो ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ भएको बताए।

उनले वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न अधिकार दिइसकेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले लेखे, ‘हामी फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहन्छौं।’

जनवरीमा आफ्नो दोस्रो कार्यकालको सुरुवातपछि, ट्रम्पले विश्वभरका देशहरूमा कर लगाएका छन्। करले अमेरिकी निर्माताहरूलाई प्रोत्साहन मिल्नेछ र रोजगारीहरू जोगिने उनको विश्वास छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com