हेलीले अदालतमै आँसु झार्दै भनिन : ‘वाइन्स्टीनले मलाई बलात्कार गरे’
प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार
पूर्व हलिउड निर्माता हार्भी वाइन्स्टीनविरुद्ध जारी यौन अपराधको पुनःमुद्दामा एक अभियोगकर्ताले बयान दिने क्रममा रोएर अदालत छाडेकी छिन्।
सन् २००६ मा वाइन्स्टीनले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउने टेलिभिजन उत्पादन सहायक मिरियम हेलीलाई शुक्रबार वाइन्स्टीनकी कानुनी प्रतिनिधि जेनिफर बन्जीनले दावी गरिरहेकी थिइन्।
यो पाँच वर्षमा वाइन्स्टीनमाथि चलाइएको तेस्रो मुद्दा हो । यसपटक उनीमाथि मिरियम हेली, एक आकांक्षी अभिनेत्री, र एक मोडलमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
वाइन्स्टीनले सबै आरोप अस्वीकार गरेका छन् । उनका वकिलहरूले अदालतमा अभियोगकर्ताहरूको दाबी र विश्वसनीयतामै प्रश्न उठाउँदै आएका छन्।
यस साता अघि हेलीले अदालतमा जुलाई २००६ मा वाइन्स्टीनले उनलाई आफ्नो अपार्टमेन्टमा ‘सधैंझैं भेट्न’निम्त्याएका थिए ।
त्यहाँ उनले हेलीलाई बेडरूममा लगेका थिए र जबरजस्ती यौन सम्बन्ध राखेका थिए । हेलीले भनिन्, ‘मैले उनलाई लगातार ‘होइन, होइन – यो हुनेवाला छैन भनेर विन्ती गरेँ, तर उनले मलाई ओछ्यानमा थिचे।’
शुक्रबारको सुनुवाइका क्रममा वाइन्स्टीनकी वकिल जेनिफर बन्जीनले घटनाको बेला हेलीले के लगाएकी थिइन् र लुगा उनले आफैं खोलेको हो वा वाइन्स्टीनले खोलेका थिए भनेर सोधेकी थिइन ।
हेलीले उत्तर दिइन्, ‘उनैले मेरो लुगा खोलेका थिए , मैले खोलेकी थिइनँ। उनले मलाई बलात्कार गरे, म उनलाई होइन।’ त्यसपछि वकिल बन्जीनले भनिन्, यो कुरा फैसला गर्नु अब जूरीको जिम्मा हो।’
हेलीले भावुक हुँदै प्रतिवाद गरिन्, ‘होइन, यो मेरो अनुभव हो। त्यती बेला उनका आँखाबाट आँसु बगिरहेका थिए । त्यस क्रममा उनले केही अश्लील शब्दहरू पनि प्रयोग गरिन्।
मिरियम हेली, जसले वाइन्स्टीनद्वारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ुप्रोजेक्ट रनवेु मा उत्पादन सहायकका रूपमा काम गरेकी थिइन् ।
वाइन्स्टीनमाथि हेली र अर्की महिलालाई यौन दुर्व्यवहार गरेको र तेस्री महिलालाई बलात्कार गरेको आरोप छ ।
तर वाइन्स्टीनले ती सबै आरोप अस्वीकार गरेका छन् । उनका वकिलहरूको दाबी छ कि ती महिलाहरूले वाइन्स्टीनसँग करियरको सम्भावनाको कारण सहमतिको आधारमा सम्बन्ध राखेका थिए ।








