बेलायतका राजकुमार ह्यारी भन्छन् : राजपरिवारसँग मेलमिलाप गर्न तयार छु


प्रकाशित मिति : बैशाख १९, २०८२ शुक्रबार

बेलायतका राजकुमार ह्यारीले राजपरिवारसँग मेलमिलाप गर्न चाहेको बताएका छन् । उनले आफ्नो सुरक्षासम्बन्धी मुद्दामा अदालतमा हार बेहोर्नुपरेकोमा आफू दुःखी भएको बताएका हुन ।

क्यालिफोर्नियामा रहेका ह्यारीले भने, राजा ९राजा चाल्र्स० मसँग बोल्नुहुन्न, किनभने सुरक्षाको कुरा छ, तर अब लडाइँ जारी राख्न मैले चाहँदैनन् उनले भनेका छन ।

ह्यारीले आफ्नो र परिवारको बेलायत भ्रमणका क्रममा पाउने सुरक्षा स्तरबारे गरिएको निर्णयविरुद्ध पुनरावेदन गरेका थिए । तर उक्त पुनरावेदन उनले हारेका छन ।

शुक्रबारको फैसला पछि उनले भने, ‘अहिलेसम्म म मेरी श्रीमती र बच्चाहरूलाई बेलायत फर्काउने कल्पना गर्न सक्दिन’ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्यारीले अदालतको निर्णयलाई ‘पुरानै शैलीको संस्थागत मिलेमतो’भन्दै आरोप लगाए । उनले शाही दरबारले आफ्नो सुरक्षामा हस्तक्षेप गरेको दाबी पनि गरे ।

ह्यारीले भने, ‘मैले राजालाई हस्तक्षेप गर्न भनेको होइन, बरु विज्ञहरूलाई काम गर्न दिन भनेको हो’ भनेर स्पष्ट पारेका छन । ह्यारीका अनुसार, स्वत सुरक्षाको अधिकार खोसिँदा उनी प्रत्येक दिन असुरक्षित महसुस गरिरहेका छन ।

उनले भने, ‘म बेलायत केवल शाही परिवारको निमन्त्रणामा मात्र फर्कन सक्छु, किनभने त्यस्तो अवस्थामा मात्रै मलाई पर्याप्त सुरक्षा मिल्छ।’ उनले २०२० मा गरिएको निर्णयले आफू मात्र होइन, श्रीमती मेगन र सन्तानहरूलाई पनि जोखिममा पारेको बताए ।

प्रिन्स ह्यारीले बेलायती प्रधानमन्त्री सर कीर स्टार्मर र गृहमन्त्री यभेट कूपरलाई सुरक्षा सम्बन्धी प्रक्रियाको समीक्षा गर्न आग्रह गरेका छन् । उनले यस विषयमा गृहमन्त्रीलाई पत्र लेख्ने तयारी गरिरहेका छन्।

उनले भने, यो अन्ततः पारिवारिक विवाद हो, र पाँच वर्ष बितिसक्दा पनि हामी अझै यहीँ छौं भन्ने कुराले मलाई साँच्चै दुखी बनाएको छ।

शुक्रबार, बेलायतको अदालतले प्रिन्स ह्यारीले राखेका तर्कहरूलाई ‘शक्तिशाली’ माने पनि, उनको ‘गुनासोको भावनाू कानुनी आधारमा परिणत हुन नसकेको बतायो ।

यद्यपि अदालतले सुरक्षासम्बन्धी निर्णय प्रक्रियामा केही नीतिगत विचलन भएको स्वीकार गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com