पहलगाम आक्रमण : भारतले लगायो पाकिस्तानी विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा प्रतिबन्ध


प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको छ। बुधबार जारी गरिएको नोटिस टु एयरमेन (एनओटीएमएम)का अनुसार पाकिस्तानमा दर्ता भएका विमानहरू, पाकिस्तानी एयरलाइन्स वा अपरेटरहरूले सञ्चालन, स्वामित्व वा लीजमा लिएका विमानहरू, साथै सैन्य विमानहरूले भारतीय हवाई क्षेत्र प्रयोग गर्न पाउने छैनन्।

भारत सरकारले वायुसेनालाई जारी गरेको सूचना अनुसार पाकिस्तानी विमानहरूमा प्रतिबन्ध अप्रिल ३० देखि मे २३ सम्म लागू हुनेछ।

यो निर्णय गत मंगलबार जम्मू र कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको परिणामस्वरूप आएको हो। उक्त आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा एक जना नेपाली नागरिक पनि थिए । आक्रमणमा अन्य धेरै पर्यटकहरू घाइते भएका थिए। भारतले यो आक्रमणको लागि पाकिस्तानले सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ।

आक्रमणपछि भारत सरकारले पाकिस्तानमाथि दबाब सिर्जना गर्न विभिन्न कदमहरू चालेको छ। यी कदमहरूमा सिन्धु जल सन्धिको निलम्बन, पाकिस्तान उच्चायोगको कर्मचारी संख्या घटाउने र अटारी सीमा चेकपोस्ट बन्द गर्ने समावेश छन्। जवाफमा, पाकिस्तानले पनि भारतीय उडानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र शिमला सम्झौता सहित भारतसँगका अन्य सम्झौताहरूबाट बाहिरिने धम्की दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई देशहरूबीच तनाव चुलिएको छ। पाकिस्तानले नियन्त्रण रेखा र जम्मू र कश्मीरको अन्तर्राष्ट्रिय सीमामा बारम्बार युद्धविराम सम्झौता उल्लंघन गरिरहेको छ। भारतीय सेनाले यी उल्लंघनहरूको कडा जवाफ दिइरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com