स्पेनका लागि नेपाली राजदूतद्वारा विश्व पर्यटन सङ्गठनका महासचिवसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत


प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मङ्गलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे ।

प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना सन्देश प्रस्तुत गर्दै उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिए ।

सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तरराष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकामा बधाई दिँदै नेपालको प्रयासको सराहना गरेका थिए । उनले नेपालको पर्यटन क्षेत्रको पुनःरूत्थान र विश्व पर्यटनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको नेपाली दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकताजस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा युएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए ।

भेटमा नेपाल र युएन टुरिजमबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो । महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com