ट्रम्पद्वारा अध्यागमन कारवाही तीब्र पार्न ३ कार्यकारी आदेशमा हस्ताक्षर, कसलाई पर्छ असर?


प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। जसमध्ये एउटा आदेशले प्रशासनको आक्रामक आप्रवासन कारवाहीमा सहयोग नगर्ने स्थानीय सरकारहरूलाई लक्षित गरेको छ।

पहिलो आदेशले महान्यायाधिवक्ता पाम बोन्डी र होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमलाई आप्रवासीहरूलाई संरक्षण प्रदान गर्ने राज्य र स्थानीय क्षेत्रहरूको सूची प्रकाशित गर्न निर्देशन दिएको छ। जसअनुसार कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने संघीय अधिकारीहरूको प्रयासमा सहयोग सीमित गर्ने वा अस्वीकार गर्ने राज्य र स्थानीय सिटीहरूको सूची तयार गरिनेछ। यो आदेशले प्रशासनको आप्रवासन नियन्त्रणको विरोध गर्ने क्षेत्रहरूविरुद्ध सबै आवश्यक कानुनी उपाय र कारवाहीहरू लागू गर्न आह्वान गरेको छ।

दोस्रो आदेशले गल्तीको आरोप लागेका प्रहरी अधिकारीहरूलाई कानुनी स्रोत प्रदान गर्न, प्रहरीमाथिका अवस्थित बन्देजहरू समीक्षा र संशोधन गर्न, स्थानीय प्रहरीलाई सैन्य उपकरण प्रदान गर्न र कानुन प्रवर्तन अधिकारीहरूलाई कर्तव्य पूरा गर्न रोक्ने स्थानीय अधिकारीहरूविरुद्ध कारवाहीका उपायहरू प्रयोग गर्न निर्देशन दिन्छ। यो आदेशले अमेरिकी प्रहरीलाई अपराधीहरूलाई पछ्याउन स्वतन्त्रता दिने ह्वाइट हाउसको भनाइ छ।

तेस्रो कार्यकारी आदेशले व्यावसायिक ट्रक चालकहरू अंग्रेजीमा दक्ष हुनुपर्ने अवस्थित नियमहरू लागू गराउन खोजेको छ। यो आदेशले यातायात विभागलाई अंग्रेजी बोल्न र पढ्न नसक्ने कुनै पनि चालकलाई सेवाबाट हटाउन निर्देशन दिएको छ। व्यावसायिक चालकहरूका लागि अपरिहार्य सुरक्षा आवश्यकता हुनुपर्ने भन्दै यो आदेश जारी गरिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी आदेश आप्रवासीहरूका लागि सुरक्षित शहरहरूमाथि ट्रम्पको पछिल्लो प्रहार हुन्। देश निकालाको गति बढाउन खोज्दा केही क्षेत्रहरूले आप्रवासीलाई जेलमा रिहाइको मितिभन्दा पछि राख्न नमान्ने कुराबाट ट्रम्प प्रशासन निराश रहेको छ।

ट्रम्प प्रशासनले त्यहाँका अधिकारीहरूबाट आप्रवासन कारवाहीमा अवैध रूपमा बाधा पुर्‍याएको आरोप लगाउँदै न्यूयोर्कको रोचेस्टर सिटीविरुद्ध मुद्दा दायर गरिसकेको छ। त्यस्तै, डिपार्टमेन्ट अफ जस्टिसले मिल्वाउकीका एक न्यायाधीशलाई आप्रवासन एजेन्टहरूलाई अवरोध गरेको आरोपमा मुद्दा चलाइरहेको छ।

यसैबीच, सान फ्रान्सिस्कोका एक संघीय न्यायाधीशले सरकारलाई आप्रवासन कारवाहीमा सहयोग नगर्ने सिटी र काउन्टीहरूका लागि रकम रोक्न निर्देशन दिने कार्यकारी आदेशको एक हिस्सालाई अस्थायी रूपमा लागू गर्नबाट रोकेका छन्।

आजका कार्यकारी आदेशहरू ट्रम्पले आफ्नो दोस्रो कार्यकालको १०० औं दिन मनाउनु एक दिनअघि हस्ताक्षर गरिएका हुन्। ह्वाइट हाउसले उनको हालसम्मका कार्यहरू प्रचार गर्न एक हप्ताको कार्यक्रम तय गरेको छ, जसको सुरुवात उनको आप्रवासन नियन्त्रणबाट हुन्छ।

ह्वाइट हाउसको लनमा सोमबार बिहान कागजातविहीन आप्रवासीलाई पक्राउ गरिएका र अपराधको आरोप लगाइएका व्यक्तिहरूको मग शट शैलीका पोस्टरहरू राखिएको थियो। आफ्नो पहिलो कार्यकालमा ट्रम्पले आप्रवासीका लागि सुरक्षित सिटीहरूलाई उनको आप्रवासी विरोधी एजेण्डा पालना नगर्ने मेयर र गभर्नरहरूमाथि संघीय कोष रोक्न धम्की दिएर लक्षित गरेका थिए। ट्रम्पको दोस्रो कार्यकालको तीन महिनामै प्रशासनले डेमोक्र्याटिक नेताहरूसँगको तनाव वर्णन गर्न आक्रामक भाषा प्रयोग गर्दै यी क्षेत्रहरूमाथि दबाब बढाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com