अमेरिकामा विद्यार्थी लगायत गैरआप्रवासी भिसामा हुनेलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्रा नगर्न सुझाव


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

भर्जिनियाको डलेस अन्तर्राष्ट्रिय विमानस्थलमा सीबीपीका अधिकारीहरूले अन्तर्राष्ट्रिय यात्रुहरूको जाँच गर्दै। तस्बिर: ग्लेन फसेट

न्यूयोर्कस्थित अध्यागमन कानुन व्यवसायी एलन लीले गैरआप्रवासी भिसामा अमेरिका प्रवेश गर्नेहरू अहिले ट्रम्प प्रशासनको कडा निगरानीमा रहेको भन्दै गैरआप्रवासी भिसामा अमेरिकाभित्र हुनेहरूलाई अनावश्यक अन्तर्राष्ट्रिय यात्राबाट टाढा रहन सुझाव दिएका छन्। उनले भनेका छन्, “गैरआप्रवासीहरूमाथि अमेरिका प्रवेशको क्रममा अधिकार निकै सीमित छ र उनीहरूलाई अध्यागमन अदालतमा सुनुवाइबिनै फिर्ता पठाउन सकिन्छ।”

ट्रम्प प्रशासनको कार्यकारी आदेश १४१६१ अनुसार अमेरिका प्रवेश गर्ने वा भित्र रहेका सबै विदेशी नागरिकको अधिकतम स्तरमा छानबिन र स्क्रिनिङ गरिने नीति लागू गरिएको छ। यसअन्तर्गत अमेरिकी दूतावास तथा सीमा सुरक्षामा सख्त जाँच गरिँदै छ। विशेषगरी विद्यार्थी भिसा लिनेहरू, पूर्व भिसा रद्द गरिएकाहरू र सामाजिक सञ्जालमा सरकार वा इजरायलविरुद्ध टिप्पणी गरेका व्यक्तिहरू निगरानीमा छन्।

विद्यार्थी र एक्सचेन्ज भिसाका लागि आवेदन दिनेहरूलाई अनिवार्य रूपमा सोसल मिडिया चेकका लागि फ्रड प्रिभेन्सन युनिटमा पठाइने गरिएको छ। यस्तो प्रक्रिया अमेरिकी परराष्ट्र मन्त्री मार्को रुबियोको १७०० शब्दको गोप्य केबलमार्फत मार्च २५, २०२५ मा सुरु गरिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा भएकाहरूलाई अमेरिका प्रवेशको समयमा फोन खोलेर म्यासेज, फोटो तथा पोस्टहरू जाँच्ने, ट्रम्पविरुद्ध टिप्पणी गरे फिर्ता गराउने जस्ता घटना बढेका छन्। ग्रीन कार्ड भएका व्यक्तिहरू पनि विगतका सामान्य कानुनी मुद्दा वा राजनीतिक गतिविधिका कारण हिरासतमा परेका छन्।

हालै रुबियोले आपराधिक मुद्दामा संलग्न गैरआप्रवासीहरूको भिसा तुरुन्त रद्द गरिनुपर्ने अभिव्यक्ति दिएपछि सयौं गैरआप्रवासी भिसावाहकहरूको भिसा रद्द गरिएको र केही हिरासतमा लिइएको पुष्टि भएको छ।

अब लागू हुन लागेको नयाँ यात्रा प्रतिबन्धमा ४३ देशलाई रेड लिस्टमा राखेर पूर्ण रूपमा निषेध गरिने, अरेन्ज सूचीका देशबाट आउनेहरूलाई कडाइ गरिने र येलो सूचीभित्रका देशलाई ६० दिनभित्र सुधार गर्न समय दिइने छ।

यस्तो अवस्थामा, कानुन व्यवसायी एलन लीले अमेरिकामा बसोबास गर्ने गैरआप्रवासी भिसा होल्डरहरूलाई विदेश जाने योजना गर्दा दुईपटक सोच्न आग्रह गरेका छन्। “भिसा केवल यात्रा गर्नका लागि हो। यदि तपाईंले यूएससीआईएसबाट भित्र बस्न अनुमतिसहितको स्टेटस परिवर्तन प्राप्त गरिसक्नुभएको छ भने भिसा स्ट्याम्प गराउन विदेश जानु आवश्यक छैन। अबको यात्रा प्रतिबन्ध लागू भएमा बाहिर फसेर जीवन बदलिने जोखिम रहन्छ,” उनले भनेका छन्।

उनका अनुसार ट्रम्प प्रशासनले अमेरिकी पर्यटन, अन्तर्राष्ट्रिय विद्यार्थी तथा विदेशी सहयोग गुमाउने जोखिम मोलेर पनि आफ्नो राजनीतिक एजेन्डा पूरा गर्ने सङ्केत दिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com