ट्रम्पको कडा नीतिबीच फेब्रुअरीमा विद्यार्थी भिसा पाउने नेपालीको संख्यामा रेकर्ड ब्रेक


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

फेब्रुअरी २०२५ मा अमेरिकाको विद्यार्थी भिसा (एफ-१) पाउने नेपाली विद्यार्थीहरूको संख्याले नयाँ कीर्तिमान कायम गरेको छ। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको  तथ्यांकअनुसार फेब्रुअरीमा ८०२ जना नेपाली विद्यार्थीहरूले एफ-१ भिसा प्राप्त गरेका छन्, जुन जनवरी २०२५ को तुलनामा मात्र नभई चालु आर्थिक बर्षका कुनै पनि महिनाका तुलनामा बढी हो ।

जनवरीमा ७५० जना नेपालीले यही भिसा पाएका थिए। साथै, फेब्रुअरीमा ५० जना डिपेन्डेन्टहरू (विद्यार्थीका परिवारका सदस्यहरू) ले एफ-२ भिसा प्राप्त गरेका छन्,  जनवरीमा यो संख्या ६३ थियो।

यो वृद्धिलाई विगतका महिनाहरूसँग तुलना गर्दा  डिसेम्बर २०२४ मा ६१६ जना, नोभेम्बरमा १६७ जना र अक्टोबरमा ७१२ जना नेपाली विद्यार्थीहरूले एफ-१ भिसा पाएका थिए। नोभेम्बरको तुलनामा फेब्रुअरीको संख्या निकै उच्च छ । विद्यार्थी भिसा प्राप्त गर्ने नेपालीहरुको संख्या ४ महिनामा २२९७ पुगेको छ ।

भिसा प्रक्रियालाई थप जटिल बनाएको मानिने ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिका बाबजुद नेपाली विद्यार्थीहरुले अमेरिकाको भिसा पाउने संख्यामा भने आश्चर्यजनक रुपमा उच्च रेकर्ड देखिएको हो । चालु आर्थिक बर्षमा कुनै पनि महिनाको तुलनामा साथै बाइडेन प्रशासनका झण्डै ४ महिनाका तुलनामा ट्रम्प प्रशासन आइसकेपछि नेपालीहरुले फेब्रुअरीमा उच्च संख्यामा विद्यार्थी भिसा पाएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुसार आर्थिक बर्ष २०२४ मा १३,१८७ नेपालीलाई अमेरिकाको विद्यार्थी भिसा  प्रदान गरिएको थियो, जुन अघिल्लो आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो।

आइसको सेभिस रिपोर्ट अनुशार हाल अमेरिकामा अध्ययनरत विद्यार्थीहरुको संख्या १६,९३३ रहेको छ। यी विद्यार्थीहरूमध्ये १०,४३० पुरुष र ६,५०३ महिला रहेका छन्। यो संख्या जनवरी २०२४ को तुलनामा घटेको छ, जुन समय २०,१५३ थियो, जुन पछि मार्च २०२४ मा २३,४३५ मा वृद्धि भएको थियो।

तर पछिल्लो समयमा नेपाली विद्यार्थीहरूको व्यापक संख्यामा भिसा रद्द गरिएका विवरणहरू सार्वजनिक भएका छन्। यसबारे अमेरिकी विदेश मन्त्रालयका एक जना प्रवक्ताले विदेश मन्त्रालयबाट भिसाको व्यापक जाँच गरिने र त्यसमा भिसावाहकहरूको आपराधिक रेकर्डको समीक्षा पनि समावेश भएको बताएका छन्।

अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूले व्यापक संख्यामा भिसा रद्द भएको र सेभिज रेकर्ड खारेज भएको जानकारीहरू सार्वजनिक गरेकोमा कानुन व्यवसायीहरूले कम्तीमा एक सय नेपालीहरूको भिसा रद्द र सेभिज खारेज भएको अनुमान गरेका छन्।

अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनको धारा २२१९(आई) अनुसार उनीहरूको विद्यार्थी भिसा रद्द गरिएको छ। आप्रवासन र राष्ट्रियता ऐन (आईएनए) को सेक्सन २२१९(आई) ले भिसा रद्द गर्ने सम्बन्धमा व्यवस्था गरेको छ। यसले विदेशमन्त्री वा कन्सुलर अधिकारीलाई कुनै पनि समयमा, आफ्नो विवेकमा, जारी गरिएको भिसा रद्द गर्ने अधिकार प्रदान गर्छ।

मुख्य कुराहरूमा भिसाधारक अयोग्य वा प्रवेश गर्न नमिल्ने ठहरिएमा धोखाधडी, गलत जानकारी, आपराधिक गतिविधि, सुरक्षा चिन्ता वा भिसा सर्तहरूको उल्लङ्घन जस्ता नयाँ जानकारीका आधारमा भिसा रद्द गर्न सकिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com