अमेरिकामा नेपाली परिवारको कथा बोकेको वेब सिरिजको ट्रेलर सार्वजनिक, ओटीटीमा आउने तयारी


प्रकाशित मिति : बैशाख ४, २०८२ बिहीबार

नेपाली दर्शकहरूका लागि पहिलो व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर बुधवार काठमाडौंमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। नेपाली ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा झल्काएको छ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङमा आउने भएको छ। सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको सिचुएशनल कमेडी–ड्रामा विधामा आधारित यस सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र लिभ–इन रिलेसनशिपमा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई उजागर गर्छ। यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने नेपालको पहिलो सिरिज

यो सिरिजले हास्य र भावनात्मक क्षणहरूको संयोजन प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ। अमेरिकामा जीवनयापन गरिरहेका नेपाली परिवारको सांस्कृतिक द्वन्द्व र पारिवारिक सम्बन्धहरूलाई उतार्ने यो कथा एउटा युवतीको वरिपरि घुम्छ, जो लुकेर लिभइन सम्बन्धमा रहेकी हुन्छिन्। जब उनका अभिभावक नेपालबाट पहिलो पटक अमेरिका आउँछन्, उनले आफ्नो सम्बन्ध लुकाउन गरेको संघर्षका क्रममा विभिन्न हास्यजनक र भावनात्मक घटनाहरू सिरिजमा देखाइनेछ।

ट्रेलर सार्वजनिक कार्यक्रममा सिरिजका निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले सिरिज निर्माणको उद्देश्यबारे जानकारी दिँदै भने, “नेपालीहरू अमेरिकामा बस्दै गर्दा हाम्रो जीवनमा के कस्ता घटना घट्छन्, कस्तो जीवनशैली हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाइएको हो।” उनका अनुसार, सिरिजले दर्शकलाई मनोरञ्जनका साथै आत्म–पहिचान र प्रवासी जीवनका यथार्थतासँग पनि जोड्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिरिजमा अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन्। उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन्। यसका अन्य प्रमुख कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा रहेका छन्।

रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा जोडिएका छन्। कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईंले गरेका हुन्। सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ, साउन्ड डिजाइन अमित श्रेष्ठ, ब्याक ग्राउन्ड स्कोर विषम आचार्य, मेकअप आर्टिस्ट अप्सरा कटुवाल र सपना डङ्गोल, पोस्टर डिजाइन शान थापा र पोस्ट प्रोडक्सन नेपलिज हेन्डस्ले गरेका छन्। सहायक सम्पादनमा सुदिप पाण्डे र मिलन शाह, सहायक छायाङ्कनमा विशाल मान श्रेष्ठ र पशुपति बस्याल रहेका छन्।

अमेरिकामा नेपाली आप्रवासीको कथा समेटिएको यो वेब सिरिजको गीत गत डिसेम्बरमा सार्वजनिक गरिएको थियो। अमेरिकाको मेरिल्याण्डमा छायांकन गरिएको यस सिरिजको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ ले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गरेको थियो।

निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत, र डिपी खनालको शब्द र प्रज्ज्वल खनालको शब्द रचनामा सहयोग रहेको गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ। गीत फिल स्टुडियोमा रेकर्ड गरिएको थियो र आशिष रैतानीले मिक्सिङ र मास्टरिङ गरेका थिए। गीतमा स्वर्णिम महारजनको बाँसुरी वादन पनि छ। सिरिजको समग्र मिक्सिङ र मास्टरिङ नेपासा स्टुडियोका अमित श्रेष्ठले गरेका छन्।

“यो शृंखला एउटा समसामयिक कथा हो। हरेक नेपालीले यसलाई महसुस गर्न सक्नेछन्। अर्को महत्वपूर्ण कुरा यो शृंखलाले डिजिटल युगमा नवीनता ल्याउनको लागि भौगोलिक रूपमा नेपालमा नै हुन आवश्यक छैन भन्ने सन्देश पनि दिन्छ—विदेशमा बसेर पनि केही गर्न सकिन्छ,” विमलेश अधिकारीले बताए। दर्शकहरूको माया, समर्थन र विश्वासप्रति उनी आशावादी छन्।

विमलेश अधिकारी विराटनगर, नेपालमा जन्मिएका एक ख्यातिप्राप्त नेपाली अभिनेता, मोडल, र निर्देशक हुन्। अधिकारी अहिले मेरिल्याण्डमा बसोबास गर्छन्। उनले नेपाली मनोरञ्जन क्षेत्रमा विशेषगरी २५० भन्दा बढी म्युजिक भिडियोहरू र थुप्रै उल्लेखनीय फिल्महरूमा काम गरेका छन्।

उनले नेपाली फिल्म ‘ब्रेक फेल’ बाट डेब्यु गरेका थिए र ‘मुटु’, ‘जंग बहादुर को कोट’, ‘तुलसी’, र ‘मेरो बेस्ट फ्रेन्ड’ जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरेका छन्। उनले अमेरिकामा बसोबास गर्दै थुप्रै म्युजिक भिडियोहरू निर्देशन र अभिनय गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com