अमेरिकाले समानहरूमाथि १०४ प्रतिशत कर लगाएपछि चिनियाँ राष्ट्रपतिले दिए प्रतिक्रिया


प्रकाशित मिति : चैत्र २७, २०८१ बुधबार

अमेरिकाले लगाएको १०४ प्रतिशत करप्रति चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रतिक्रिया दिएका छन्। सी जिनपिङले अमेरिकी करको प्रतिरोध गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्ध बलियो बनाउनुपर्ने बताएका छन्।

नयाँ अमेरिकी कर लागू भएपछि सी जिनपिङले करको बारेमा प्रतिक्रिया दिएको यो पहिलो पटक हो। उनले एसियाली देशहरूले राम्रो भविष्यको लागि मिलेर काम गर्नुपर्ने पनि बताए।

चिनियाँ राष्ट्रपति सी जिनपिङको यो भनाइ दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को हालैको टिप्पणीसँग मिल्दोजुल्दो छ। आसियानले आफ्नो क्षेत्रमा आर्थिक सहयोग बढाउन पनि अपिल गरेको थियो।

अमेरिकी भन्सारबाट भियतनाम, कम्बोडिया र इन्डोनेसिया सबैभन्दा बढी प्रभावित भएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमाथि लगाएको ‘पारस्परिक’ भन्सार शुल्क बुधबारदेखि लागू भएको छ। यसमा चिनियाँ सामानहरूमाथि १०४ प्रतिशतको ठूलो शुल्क समावेश छ।

यता, युरोपेली संघले पनि प्रतिकारात्मक कदम चाल्ने तयारी गरिरहँदा विश्वव्यापी व्यापार युद्ध थप चर्किएको छ। ट्रम्पको यो कठोर नीतिले दशकौंदेखि कायम विश्व व्यापार व्यवस्थालाई धक्का दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com