यूएससीआईएसद्वारा नक्कली कागजातहरू विरुद्ध चेतावनी, जेल वा देशनिकाला हुनसक्ने


प्रकाशित मिति : चैत्र २५, २०८१ सोमबार

अमेरिकाको नागरिकता र आप्रवासन सेवा यूएससीआईएसले नक्कली ग्रीन कार्ड र सामाजिक सुरक्षा कार्ड बेच्ने आरोपमा एक ब्राजिलियन नागरिक पक्राउ परेपछि यसबारे चेतावनी जारी गरेको छ। सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै एजेन्सीले यस्तो धोखाधडीमा संलग्न व्यक्तिहरूले जेल सजाय, ठूलो जरिवाना वा देशनिकालाको सामना गर्नुपर्ने हुनसक्ने भन्दै सचेत गराएको छ ।

यूएससीआईएसलाई नक्कली कागजात प्रदान गर्नु गम्भीर अपराध भएको र यसले नकारात्मक परिणामहरू निम्त्याउन सक्ने यूएससीआईएसको भनाई छ । यो चेतावनी एक ब्राजिलियन नागरिकको पक्राउपछि आएको हो, जसलाई बोस्टनको अमेरिकी वकिलको कार्यालयले गैरकानुनी र नक्कली कागजात बनाएको आरोपमा मुद्दा चलाएको छ।

नक्कली कागजात बेच्ने सोचमा हुनेहरुले दोश्रोपटक यसबारे पुनर्विचार गर्न यूएससीआईएसले चेतावनी दिएको छ । यस्तो कामले अदालतको बाटोबाट जेल सजाय, जरिवाना वा देशनिकालाको सामना गर्नुपर्ने हुनसक्ने चेतावनी दिइएको छ । ब्राजिलियन नागरिक नक्कली ग्रीन कार्ड र सोसल सेक्युरिटी कार्ड बेचेको आरोपमा पक्राउ परेका हुन् ।

यूएससीआईएसलाई नक्कली कागजात प्रदान गर्नु धोखाधडी भएको र धोखाधडीले व्यक्तिलाई अमेरिकामा स्थायी रूपमा प्रतिबन्धित गर्नसक्ने थप चेतावनी दिइएको छ ।
आरोप पत्र अनुशार ब्राजिलियन नागरिकले अक्टोबर २०२४ मा एक गोप्य अधिकारीलाई सोसल सेक्युरिटी कार्ड र ग्रीन कार्ड २५० डलरमा बेचेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिसेम्बर २०२४ मा उनले उही अधिकारीलाई थप दुई सेट नक्कली सोसल सेक्युरिटी कार्ड र ग्रीन कार्ड ५०० डलरमा बेचेको बताइएको छ। यूएससीआईएसले अनुसन्धानमा सहयोग गरेको थियो । अनुसन्धानको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेसन्सको कागजात र लाभ धोखाधडी कार्यदलले नेतृत्व गरेको थियो ।

ब्राजिलियन नागरिक ताभारेस डेबारोसविरुद्धको अभियोग प्रमाणित भएमा अधिकतम १५ वर्षको जेल सजाय, तीन वर्षको निगरानीमा रिहाइ र २ लाख ५० हजार डलरसम्मको जरिवाना हुन सक्छ। सजाय पूरा भएपछि उनले देशनिकालाको सामना गर्नुपर्नेछ। एक संघीय जिल्ला अदालतका न्यायाधीशले विद्यमान कानुनहरूको आधारमा अन्तिम सजाय निर्धारण गर्नेछन्।

कानुनी विज्ञहरूका अनुसार भिसा, ग्रीन कार्ड वा नागरिकताको लागि यूएससीआईएसमा नक्कली कागजात पेश गर्नु संघीय कानुनअन्तर्गत गम्भीर दण्डको कारण बन्न सक्छ । जसमा गैर नागरिकहरूका लागि पुन प्रवेशमा स्थायी प्रतिबन्ध समावेश छ। यूएससीआईएसले जनतालाई शंकास्पद जालसाजीको रिपोर्ट गर्न आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com