मेरिल्याण्डका एक व्यक्तिको देश निकाला गल्ती भएको बताउने सरकारी वकिल निलम्बनमा


प्रकाशित मिति : चैत्र २४, २०८१ आईतबार

woman holding sword statue during daytime

एक साल्भाडोरियन नागरिकलाई गलत तरिकाले देश निकाला गरिएको स्वीकार गर्ने सरकारी वकिललाई निलम्बन गर्दै प्रशासनिक बिदा दिइएको छ । मेरिल्याण्डमा कानुनी रूपमा बसोबास गरिरहेका किल्मार अर्मान्डो अब्रेगो गार्सियालाई गल्तीले देश निकाला गरिएको सरकारको अचम्मलाग्दो स्वीकारोक्तिले आप्रवासन दमनको बीचमा सरकारले प्रयोग गरेको शंकास्पद रणनीतिहरूको बारेमा थप चिन्ता बढाएको छ।

देशनिकाला रोक्का गरिएका अब्रेगो गार्सियालाई प्रशासनिक त्रुटिका कारण एल साल्भाडोरमा देशनिकाला गरिएको डिपार्टमेन्ट अफ जस्टिसका सरकारी वकिलहरूले सोमबारको फाइलिङमा लेखेका थिए । अदालतको कागजातमा अध्यागमन मुद्दा कार्यालयको कार्यवाहक उपनिर्देशकको रूपमा सूचीबद्ध अनुभवी वकिल इरेज रेउवेनीले अब्रेगो गार्सियाको गिरफ्तारी सम्बन्धी अधिकारीहरूबाट प्राप्त जानकारीको अभावमा अदालतमा स्पष्ट निराशा व्यक्त गरेका थिए ।

आफ्नो निर्देशनमा, डिपार्टमेन्ट अफ जस्टिसका प्रत्येक वकिलले अमेरिकाको तर्फबाट जोशका साथ वकालत गर्न आवश्यक भएको एटोर्नी जनरल पाम बोन्डीले रेउभेनीको निलम्बनको बारेमा धेरै मिडियाहरूलाई प्रदान गरिएको विज्ञप्तिमा बताएकी छिन् । उनले निर्देशनको पालना नगर्ने कुनै पनि वकिलले परिणाम भोग्ने चेतावनी दिएकी छिन् ।

शुक्रबारको सुनुवाइको क्रममा अब्रेगो गार्सियालाई कुन कानुनी अधिकार अन्तर्गत पक्राउ गरिएको थियो भन्ने प्रश्नमा सरकारी वकिल रेउभेनीले यी धेरै प्रश्नहरूको जवाफ आफूसँग नभएको भन्दै निराशा व्यक्त गरेका थिए । साथै उनले अब्रेगो गार्सियालाई देश निकाला गर्न नहुने कुरा स्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक संघीय न्यायाधीशले शुक्रबार ट्रम्प प्रशासनलाई देशनिकाला भएका अब्रेगो गार्सियालाई सोमबार मध्यरातसम्ममा अमेरिका फिर्ता पठाउन आदेश दिए। तर प्रशासनले तुरुन्तै न्यायाधीश पाउला सिनिसको आदेश विरुद्ध अपील गरेको छ । साथै उनलाई फिर्ता ल्याउन उनीहरूले गर्न सक्ने थोरै मात्र रहेको तर्क गरेको छ।

सरकारी वकिलहरूले साल्भाडोरन आप्रवासीलाई अमेरिका फिर्ता ल्याउने न्यायाधीशको आदेशको आलोचना गर्दै शनिबारको फाइलिङमा न्यायाधीशको निर्देशन अक्षम्य भएको आरोप लगाएका छन् । चौथो सर्किटको लागि अमेरिकी पुनरावेदन अदालतमा वेश गरिएको अपिलमा तुरुन्त हस्तक्षेप गर्न र सिनिसको आदेशलाई तुरुन्तै रोक्न आग्रह गरिएको छ।

साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले सामाजिक सञ्जालमा न्यायाधिस सिनिसको आदेशको खबरको जवाफमा एउटा अलमल्लमा परेको कार्टुन खरायोको जिफ राखेका थिए । अब्रेगो गार्सियालाई मार्च १२ मा अध्यागमन एजेन्टहरूले पक्राउ गरेर यनको स्थिति परिवर्तन भएको गलत जानकारी गराएका थिए ।

ट्रम्प प्रशासनका सदस्यहरूले उनलाई गिरोहसँग सम्बन्ध भएको आरोप लगाए पनि उनलाई गिरोहसँग सम्बन्धित अपराधमा दोषी ठहराइएको छैन। अब्रेगो गार्सियालाई फिर्ता गर्ने सिनिसको आदेशले कार्यकारी र न्यायिक शाखाहरू बीचको अर्को उच्च प्रोफाइल लडाईंलाई निम्त्याएको छ । किनकि ट्रम्प प्रशासनले आफ्नो व्यापक नीतिहरूमा बाधा पुर्‍याउने न्यायाधीशहरू विरुद्ध कडा आलोचना गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com