ट्रम्पले पुटिनसँग रिसाएको बताएपछि क्रेमलिनले भन्यो – ‘शान्तिका लागि काम गरिरहेको छौं’


प्रकाशित मिति : चैत्र १८, २०८१ सोमबार

रुस र अमेरिकाबीच युक्रेन सङ्कट समाधानका लागि निरन्तर संवाद भइरहेको क्रेमलिनले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति असन्तुष्टि जनाए पनि दुवै देशबीच शान्ति सम्झौता र द्विपक्षीय सम्बन्ध सुधारका लागि प्रयास जारी रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार बताएका हुन्।

पछिल्लो समय राष्ट्रपति ट्रम्पले एबीसी न्युजलाई दिएको अन्तर्वार्तामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि पुटिनले प्रश्न उठाएको भन्दै आफू निकै ‘रिसाएको’ बताएका थिए।

ट्रम्पले पुटिनको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै रुसी तेल किन्ने मुलुकहरूमाथि २५ देखि ५० प्रतिशतसम्मको अतिरिक्त शुल्क लगाउने चेतावनीसमेत दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, ट्रम्पले पत्रकारहरूसँग कुराकानी गर्दै भनेका थिए, ‘म पुटिनप्रति निराश छु तर हामी बिस्तारै प्रगति गर्दैछौं ।’

क्रेमलिन प्रवक्ता पेस्कोभले सोमबार भने, ‘अहिले पनि हामी अमेरिकी पक्षसँग काम गरिरहेका छौँ, मुख्यतः विगतको अमेरिकी प्रशासनका कारण बिग्रिएको द्विपक्षीय सम्बन्ध सुधार गर्न लागिरहेका छौँ ।’

उनले युक्रेन सङ्कट समाधानका लागि केही नयाँ प्रस्तावहरूमा समेत छलफल भइरहेको खुलासा गरेका छन्।

‘यो प्रक्रिया जटिल भएकाले समय लाग्ने छ। तर, आवश्यक परे ट्रम्प र पुटिनबीच छोटो समयमै टेलिफोन वार्ता हुन सक्छ’, पेस्कोभले बताए।

ट्रम्पले आफूलाई ‘शान्ति स्थापनाकर्मी’को रूपमा चिनाउन चाहेको र युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न चाहेको बताएका छन्। उनले बारम्बार युद्धले अमेरिका र रुसबिच विश्वयुद्धको रूप लिन सक्ने चेतावनी पनि दिएका छन्।

यसैबिच, फिनल्यान्डका राष्ट्रपति अलेक्ज्याण्डर स्टबले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शनिबार फ्लोरिडा बैठकमा युक्रेन युद्ध विराम स्थापना गर्न समय सीमा तोक्न आवश्यक रहेको बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com