क्यालिफोर्निया सान डिएगो नजिक विनाभिसा सिमा पार गर्न खोज्दा ३ जनाको मृत्यु भएको पुष्टी


प्रकाशित मिति : चैत्र १६, २०८१ शनिबार

गत हप्ता क्यालिफोर्नियाको सान डिएगो नजिकै अमेरिका मेक्सिको सीमा पार गर्ने प्रयास गर्दा तीन जनाको मृत्यु भएको अमेरिकी सीमा गस्तीले पुष्टी गरेको छ। केही दिन अगाडि भएको घटनामा जंगलक्षेत्रबाट अमेरिका आउने प्रयास गर्दा उनीहरुको मृत्यु भएको जनाइएको हो ।

एक घण्टाभन्दा कम समयको अन्तरालमा आएका दुई छुट्टाछुट्टै आपत्कालीन फोन कलहरूको जवाफ दिने सीमा गस्ती एजेन्टहरूले ओटे माउन्टेन वन्यजन्तु क्षेत्रमा दुई पुरुष र एक महिला मृत फेला पारेका थिए। भोलिपल्ट साँझ अधिकारीहरूले पहाडमा फसेको एक व्यक्तिको गोलीगाँठो भाँचिएको फेला पारेका थिए ।

सीबीपीले ओटे माउन्टेनको जंगलको भूभाग कठोर रहेको र अवस्था चरम रहेको बतँएको छ। यस क्षेत्रमा सीमा पार गर्ने प्रयास गर्ने मानिसहरूले पानी पिउन नपाउने, भोकमरी, गर्मी र हाइपोथर्मियाको जोखिमको सामना गर्ने सीबीपीले जनाएको छ । तर उनीहरुको मृत्यु के कारणले भएको हो भन्नेबारे तत्काल केही खुलेको छैन ।

घटनाको दिन आँधीबेहरीले उक्त क्षेत्रमा वर्षा र चिसो मौसम ल्याएपछि सीबीपी एजेन्टहरूले एउटा बाटो नजिकै मद्दतको लागि गरिएको फोनको जवाफ दिएका थिए जहाँ उनीहरूले दुई महिला भेट्टाएका थिए, जसमध्ये एकको मृत्यु भइसकेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एजेन्टहरूलाई त्यस रात हाइपोथर्मिया र सास फेर्न गाह्रो हुने लक्षणहरू अनुभव गर्ने मानिसहरूको समूहबाट अर्को फोन अँएको थियो । त्यहाँ तिनीहरूले एक १६ वर्षीया केटी भेट्टाएका थिए । उनको बुबा सहित उनीसँगै यात्रा गरिरहेका दुई पुरुषहरूको मृत्यु भएको थियो। यसरी तीनजनाको मृत्यु भएको हो ।

डोनाल्ड ट्रम्पले ठूलो मात्रामा देश निकाला गरेर देशमा आप्रवासनलाई नाटकीय रूपमा परिवर्तन गर्ने वाचा गरेपछि अमेरिकाको दक्षिणी सिमानामा अवैध क्रसिङको संख्या गत महिना घटेर सन् २००० पछिको सबैभन्दा कम रेकर्डमा पुगेको थियो । यसैबीच अमेरिका भित्र कारबाहीहरू द्रुत गतिमा हुँदा अधिकारीहरूले फेब्रुअरीमा विगत सात वर्षको कुनै पनि महिनाको तुलनामा सबै भन्दा बढी आप्रवासीहरूलाई पक्राउ गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com