नक्कली कागजात पेश गर्नेलाई अमेरिका जान आजीवन प्रतिबन्ध लगाउने दूतावासको चेतावनी


प्रकाशित मिति : चैत्र १४, २०८१ बिहीबार

भिसा आवेदनमा गलत विवरण दिएमा वा नक्कली कागजात पेश गरेमा स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्ध लाग्नुका साथै आपराधिक मुद्दाको जोखिममा पर्ने चेतावनी अमेरिकी दूतावास काठमाडौंले दिएको छ। कन्सुलर अधिकृतहरूले ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिबारे जानकारी राख्ने भएकाले अमेरिकी दूतावास काठमाडौंले यस्तो चेतावनी जारी गरेको हो।

दूतावासले भनेको छ, “कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिबारे जानकार छन्। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेश गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित हुनुहुनेछ र आपराधिक मुद्दाको जोखिममा पर्नुहुनेछ।”

पछिल्लो समयमा गैरआप्रवासी वा आप्रवासी भिसा आवेदनको सन्दर्भमा आवेदकले जानाजान वा अन्जानमा गलत विवरण पेश गर्ने र नियतवश नक्कली कागजात प्रस्तुत गर्ने प्रवृत्ति नेपालमा पनि मौलाउँदै गएको सन्दर्भमा दूतावासले यस्तो चेतावनी जारी गरेको हो। गलत विवरण र नक्कली कागजातसहित पेश गरिएका आवेदनहरू अस्वीकृत गर्ने क्रम पनि दूतावासले बढाएको देखिएको छ।

डाइभर्सिटी भिसा आवेदकहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने घटनाहरू नौला होइनन्। यसरी नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्नेहरूको डाइभर्सिटी भिसा अस्वीकृत हुनुका साथै अमेरिका प्रवेशमा आजीवन रोकसमेत लाग्ने गरेको छ। त्यस्तै, उनीहरूमध्ये कतिपयलाई दूतावासले प्रहरीको जिम्मा पनि लगाउने गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसबाहेक, डिभी लटरी भर्दा र त्यसपछि भिसा आवेदन दिँदासमेत वैवाहिक स्थिति लगायतका विवरणहरू गलत भरेका कारण कतिपय आवेदकहरू अमेरिका आउनुअगाडि वा आएपछि पनि समस्यामा पर्ने गरेका छन्। गलत विवरण भरेका कारण कतिपयले ग्रिनकार्ड प्राप्त गरेर अमेरिका आए पनि नागरिकता आवेदन दिँदा आवेदन अस्वीकार भएर देशनिकालाको प्रक्रियामा समेत राखिने गरिएको छ।

त्यस्तै रोजगारमा आधारित ग्रिनकार्डका सन्दर्भमा समेत जालसाजीपूर्ण कागजातहरु पेश गर्ने गरेका घटनाहरुमा बृद्धि देखिएको छ । रोजगारमा आधारित ग्रिनकार्ड प्राप्त गर्ने नेपालीहरुको संख्या उल्लेख्य रहेको सन्दर्भमा त्यस्ता आवेदनहरु स्वीकृत गराउन नक्कली कागजातहरु पेश गरेका घटनाहरु भेटिएपछि दूतावासले समेत यसमा कडाई गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com