एसाइलम स्वीकृत भएका व्यक्तिका ग्रिन कार्ड आवेदनको प्रशोधनमा रोक, नेपाली प्रभावित


प्रकाशित मिति : चैत्र १२, २०८१ मंगलबार

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा हस्ताक्षर गरेको कार्यकारी आदेशको पालना गर्न केही आप्रवासीहरूले कानुनी स्थायी बासिन्दा बन्न दायर गरेका आवेदनहरूलाई अन्तिम रूप दिने कामलाई रोक लगाइएको छ। युएससीआईएसले आवेदकहरूको थप जाँच गर्न ग्रिन कार्डका लागि केही आवेदनहरूको प्रशोधन स्थगित गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एक विज्ञप्तिमा जनाएको छ।

जनवरी २० मा हस्ताक्षर गरिएको ट्रम्पको कार्यकारी आदेशमा अमेरिका प्रवेश गर्न चाहने वा पहिले नै अमेरिका भित्र रहेका सबै विदेशीहरूको र त्यसमा पनि विशेष गरी पहिचान गरिएका क्षेत्र वा राष्ट्रहरूबाट आएका विदेशीहरूको अधिकतम मात्रामा जाँच गर्न आह्वान गरिएको थियो। त्यसै अनुरुप यूएससीआईएसले आफ्ना कर्मचारीहरूलाई शरणार्थीहरू वा एसाइलम प्रदान गरिएका व्यक्तिहरुले दिएका ग्रिन कार्ड आवेदनको थप जाँच गर्न निर्देशन दिदै उनीहरुको ग्रीन कार्ड आवेदनहरूको प्रशोधनलाई रोकेको हो ।

यस्तो रोकले अमेरिकामा रहेका नेपालीहरु पनि प्रभावित भएका छन् । किनभने अमेरिकामा एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्या उल्लेख्य रहेको छ भने उनीहरुमध्ये कतिपयका ग्रिनकार्ड आवेदन युएससीआईएसमा विचाराधिन रहेका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले यसलाई पुष्टी गरेको छ । प्रवक्ताले विज्ञप्तिमा थप जाँच पूरा नभएसम्म ग्रिनकार्ड आवेदनहरूको निर्णयलाई अन्तिम रूप दिनमा अस्थायी रूपमा रोक लगाइरहेको बताएका छन् । पछिल्लो वक्तव्यमा कुन आवेदनहरू प्रभावित भए भन्नेबारे केही बताइएको छैन । साथै यो कति समयसम्म स्थगन जारी रहन्छ भन्नेबारे पनि केही बताइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही दिन अगाडिमात्र एसाइलम जालसाजीबारे युएससीआईएसले चेतावनी समेत जारी गरेको थियो । अमेरिकाको वैधानिक अध्यागमन प्रणालीको संरक्षणका लागि भन्दै युएससीआईएसले एसाइलम जालसाजीका घटनाहरू रिपोर्ट गर्न सार्वजनिक आह्वान गरेको थियो ।

हालैका वर्षहरूमा युएससीआईएसले एसाइलम जालसाजीका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। शरण प्रक्रियामा ठूलो संख्यामा झुटा दाबीहरू पाइएको युएससीआईएसको तथ्यांकमा उल्लेख छ । छ। सन् २०२४ को तथ्यांकअनुसार अमेरिकामा शरणका लागि दायर गरिएका आवेदनमध्ये करिब ३० प्रतिशतमा संदिग्ध गतिविधि वा अपूर्ण प्रमाण फेला परेको थियो।

यी गतिविधिहरूले वैधानिक रूपमा अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरूलाई समेत प्रभावित पारिरहेको छ। जालसाजीका कारण अध्यागमन प्रक्रिया लामो र जटिल बन्दै गएको छ, जसले वास्तविक शरण चाहिनेहरूलाई समस्या परिरहेको छ।

गत महिना ट्रम्प प्रशासनले आप्रवासन जालसाजी र खासगरी एसाइलम जालसाजी रोक्ने कार्यक्रम पुनः स्थापना गरेको थियो । यो कार्यक्रम पहिलो पटक २००७ मा सुरु गरिएको थियो र २०१७ मा पुनः नवीकरण गरिएको थियो। तर जुन २०२१ पछि प्रभावकारी रूपमा बन्द गरिएको थियो।

एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले आप्रवासन जालसाजी प्रति शून्य सहनशीलता राख्नुपर्ने र जालसाजी सम्बन्धी सबै आरोपलाई गम्भीर रूपमा लिने पोलिसी मेमोमा जनाएको थियो । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युका कर्मचारीहरूलाई हालका नीति तथा संघीय नियम अन्तर्गत जालसाजी रिपोर्ट गर्ने कर्तव्य रहेको कुरा पनि स्मरण गराइएको थियो ।

यो कार्यक्रम अन्तर्गत एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्यु कर्मचारीहरूलाई शंकास्पद जालसाजी पहिचान गर्न र रिपोर्ट गर्न आवश्यक स्रोत उपलब्ध गराइने उल्लेख छ । साथै वकिल वा मान्यता प्राप्त प्रतिनिधिहरू संलग्न जालसाजी गतिविधिहरूमा तुरुन्त कारवाही अगाडि बढाइने उल्लेख छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्यु नेतृत्वले पछिल्ला वर्षहरूमा जालसाजी मुद्दालाई पर्याप्त प्राथमिकता नदिनाले गलत प्रवृत्ति मौलाएको बताएको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com