कोलम्बिया विश्वविद्यालयकी ग्रिनकार्डवाहक विद्यार्थी खोज्दै आइस, देशनिकाला रोक्न मुद्दा दायर


प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार

कोलम्बिया विश्वविद्यालयकी ग्रिनकार्डवाहक विद्यार्थी युनसेओ चुङलाई अमेरिकी अध्यागमन एजेन्सी आइसले खोजी गरेपछि देशनिकाला रोक्न मुद्दा दायर गरिएको छ । चुङ ७ वर्षको उमेरदेखि अमेरिकामा बस्दै आएकी वैधानिक ग्रिनकार्डवाहक रहेपनि उनले प्यालेस्टाइन समर्थक प्रदर्शनमा भाग लिएका कारण आइसले खोजी गरिरहेको छ । अध्यागमन एजेन्टहरूले उनको खोजी गर्दै घरमा पुगेका थिए ।

२१ वर्षीया चुङका तर्फबाट सोमबार राष्ट्रपति ट्रम्प र अन्य उच्च प्रशासनिक अधिकारीहरूविरुद्ध मुद्दा दायर गरिएको छ । किनभने अध्यागमन अधिकारीहरूले उनलाई पक्राउ गरी देशनिकाला गर्न खोजेका थिए। ट्रम्प प्रशासनले उनको अमेरिकामा उपस्थितिले प्रशासनको यहूदी विरोधी भावना फैलिन रोक्ने विदेश नीति एजेन्डामा बाधा पुर्‍याएको तर्क गरिरहेको छ।

ट्रम्प प्रशासनका अधिकारीहरूले यो महिना महमुद खलिलको पक्राउको व्याख्या गर्दै यही तर्क प्रस्तुत गरेका थिए। खलिल पनि ग्रिनकार्डवाहक हुन् । उनी अहिले लुइजियानामा आइसको थुनामा छन्। तर चुङ गत वर्ष स्कूललाई हल्लाउने प्रदर्शनमा प्रमुख व्यक्ति भने होइनन् । तर उनी यो वर्ष बार्नार्ड कलेजमा भएको प्रदर्शनसँग सम्बन्धित रहेर पक्राउ परेका केही विद्यार्थीहरूमध्ये एक थिइन्।

चुङ हाई स्कूलकी उत्कृष्ट विद्यार्थी रहेको र ७ वर्षको उमेरमा आफ्नो परिवारसँग दक्षिण कोरियाबाट अमेरिकामा आएकी थिइन् । उनी पक्राउ परेकी छैनन् । उनी अमेरिकामा नै रहेपनि कहाँ छिन् भन्नेबारे गोप्य राखिएको छ । अमेरिकी अध्यागमन अधिकारीहरूले उनलाई पक्राउ गर्न गरेको व्यापक प्रयास गरेपनि अहिलेसम्म असफल भएका छन् । अध्यागनले आप्रवासीहरूलाई जेल वा कारागारबाट सहजै पक्राउ गर्ने भएतापनि अन्य प्रकारका पक्राउहरू कठिन हुन्छन्, जसमा प्रायः घण्टौंसम्म अनुसन्धान, निगरानी र अन्य अनुसन्धान स्रोतहरूको आवश्यकता पर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइसका अधिकारीहरू उनलाई पक्राउ गर्न मार्च १३ मा धेरै घरहरूमा पुगेका थिए । उनीहरुले संघीय अभियोजकहरूबाट सहायता मागेका थिए भने चुङको विश्वविद्यालय आवास खोजेका थिए । उनलाई खोज्ने एजेन्टहरूले कोलम्बिया क्याम्पसमा दुई घरहरूमा खानतलासी गरेका थिए, जसमा गैरकानुनी रूपमा अमेरिकामा रहेका गैरनागरिकहरूलाई आश्रय दिनेहरूलाई लक्षित गर्ने हार्बरिङ स्ट्याचुट नामक आपराधिक कानुन उद्धृत गरिएको थियो।

ट्रम्प प्रशासनले प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूको हिरासतलाई प्राथमिकता दिएको छ । खासगरी ग्रिनकार्ड नभएकाहरुलाई आइसले निशानामा राखेको छ । कोर्नेल विश्वविद्यालयका विद्यार्थी मोमोडौ ताल र कोलम्बिया विश्वविद्यालयकी विद्यार्थी रञ्जनी श्रीनिवासनलाई पक्राउ गर्न खोजेपनि श्रीनिवासन आइसले पक्राउ गर्नु अगाढि नै क्यानडा भागेकी थिइन् ।

चुङका वकिलहरूले सरकारलाई चुङमाथि कुनै कार्यवाही गर्न, हिरासतमा लिन, अर्को स्थानमा स्थानान्तरण गर्न वा अमेरिकाबाट देशनिकाला गर्नबाट रोक्न न्यायाधीशसँग माग गरेका छन् । उनीहरूले सरकारलाई संवैधानिक रूपमा संरक्षित अभिव्यक्ति र प्यालेस्टाइन समर्थक वकालतको आधारमा कुनै पनि गैरनागरिकलाई देशनिकालाको लक्ष्य बनाउनबाट पनि रोक्न आग्रह गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com