अमेरिकामा ठेगाना परिवर्तनको जानकारी नदिने ग्रिनकार्डवाहक लगायतलाई देशनिकालाको चेतावनी


प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार

अमेरिकामा ठेगाना परिवर्तनबारे जानकारी नदिने गैर नागरिकहरु देशनिकाला योग्य हुने युएससीआईएसले पुनः चेतावनी दिएको छ । बुधबार युएससीआईएसले वेवसाइट पृष्ठ अपडेट गर्दै ग्रिनकार्डवाहक लगायत सबै गैर नागरिकहरुले अमेरिकाभित्र एक स्थानबाट अर्को स्थानमा बसाई सराई गरेपछि अमेरिकी सरकारलाई ठेगाना परिवर्तनबारे जानकारी नदिए त्यस्ता व्यक्ति देशनिकालाका लागि योग्य हुने चेतावनी दिएको हो ।

युएससीआईएसले भनेको छ -“अमेरिकामा रहेका सबै विदेशीहरूले सरेको १० दिन भित्र युएससीआईएसलाई ठेगाना परिवर्तनको रिपोर्ट गर्नुपर्छ। हामी तपाईंलाई सर्ने बित्तिकै आफ्नो युएससीआईएस अनलाइन खाता मार्फत आफ्नो ठेगाना परिवर्तन पेश गर्न दृढतापूर्वक प्रोत्साहित गर्दछौं।”

साथै युएससीआईएसले चेतावनी दिएको छ -“थप रूपमा ठेगाना परिवर्तन सूचना आवश्यकताहरू पूरा गर्न असफल भएको कुनै पनि विदेशीलाई देश निकाला गर्न सकिन्छ जबसम्म विदेशीले त्यस्तो असफलता उचित रूपमा क्षम्य थियो वा जानाजानी थिएन भनेर स्थापित गर्दैन।”

यस अगाडि फेब्रुअरीको अन्तिम साता डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोमले वक्तव्यमार्फत नै ठेगाना परिवर्तनबारे जानकारी नदिनेलाई कारवाही गर्ने कानून सकृय पार्ने घोषणा गरेकी थिइन् । उनले अध्यागमन तथा राष्ट्रियता ऐनको पूर्णरुपमा कार्यान्वयन गर्ने चेतावनी दिएकी थिइन् । ठेगाना परिवर्तन नगर्नेलाई कारवाहीको कानून अमेरिकामा पहिलेदेखि नै विद्यमान भएपनि प्रभावकारी कार्यान्वयन भने भएको थिएन । तर अब यसलाई कार्यान्वयन गर्ने ट्रम्प प्रशासनले चेतावनी दिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रिस्टी नोमले भनेकी छिन् -“ट्रम्प प्रशासनले हाम्रा सबै आप्रवासन कानूनहरू लागू गर्नेछ । हामी कुन कानूनहरू लागू गर्ने र कुन नगर्ने भनेर छान्ने वा छनौट गर्ने छैनौं।”

अमेरिकामा ठेगाना परिवर्तनबारे जानकारी नदिनेलाई २०० डलरसम्म जरिवाना वा ३० दिनसम्म जेल सजाय वा दुबै सजाय हुने कानून विद्यमान रहेको छ । ग्रिनकार्डवाहक लगायत गैर नागरिकले आफूले ठेगाना परिवर्तनबारे जानकारी गराउन नसक्नुको तार्किक कारण पेश गर्न नसकेमा वा जानजान ठेगाना परिवर्तनबारे जानकारी नगराएको प्रमाणित गर्न नसकेमा देशनिकालासम्म हुनसक्ने कानुनी प्रावधान छ ।

युएससीआईएसमार्फत जानकारी दिनुपर्नेहरुका लागि युएससीआईएसको ठेगाना परिवर्तन गर्ने इन्टरप्राइज चेन्ज अफ एड्रेस सेल्फ सर्भिस टूल रहेको छ । यो टुल मार्फत पेन्डिङ एप्लिकेसन, पिटिशन, वा अनुरोधहरू भएका सेवाग्राहीहरुले युएससीआईएसमा आफ्नो ठेगाना सजिलै अद्यावधिक गर्न सक्छन् ।

यो टुलमार्फत युएससीआईएसमा अनलाइन एकाउन्ट भएका धेरैजसो व्यक्तिहरूले आफ्नो पत्र आउने र भौतिक ठेगाना युएससीआईएससँग पेन्डिङ एप्लिकेसन, पिटिशन वा अनुरोधहरूको लागि एकै ठाउँमा अपडेट गर्न सक्छन् भने धेरै ठाउँहरूमा ठेगाना अद्यावधिक गर्नुपर्ने आवश्यकता पर्दैन । उनीहरुले एआर ११ नामको कागजी फर्म भर्नुपर्ने, युएससीआईएसको सम्पर्क केन्द्रमा फोन गर्नुपर्ने वा युएससीआईएसको फिल्ड अफिसमा जानुपर्ने वा एसाइलम अफिसमा जानुपर्ने झन्झट पनि हुँदैन । यो टुलले केही अपवाद बाहेक लगभग सबै प्रकारहरूको फारमका लागि स्वचालित रुपमा ठेगाना परिवर्तनहरू स्वचालित गर्छ ।

कुनै पनि विचाराधीन आवेदन, याचिका वा अनुरोधहरू नभएका आप्रवासीहरुले पनि बसाई सराई गरेमा युएससीआईएसलाई सूचित गर्नुपर्ने आवश्यकता पूरा गर्न यो टुल प्रयोग गर्न सक्छन्। कुनै व्यक्तिको पेन्डिङ केस अनलाइन वा हुलाक मार्फत जसरी पेश गरेको भएता पनि युएससीआईएसको अनलाइन खाता मार्फत यो टुलमा पहुँच गर्न सकिन्छ। भावा, टी, यु लगायतका भिसा अन्तरगत पेन्डिङ वा स्वीकृत आवेदन भएकाहरुले भने यो टुल अहिलेका लागि प्रयोग गर्न सक्दैनन् ।

यो टुल प्रयोग गर्न व्यक्तिहरूलाई युएससीआईएसमा अनलाइन एकाउन्ट चाहिन्छ । उनीहरूको नाम, जन्म मिति र नयाँ भौतिक र पत्राचार ठेगानाहरू प्रविष्ट गर्नुपर्छ । व्यक्तिहरूलाई उनीहरूको विचाराधीन आवेदन, याचिका, वा अनुरोधको बारेमा जानकारी समावेश गर्न पनि प्रोत्साहित गरिन्छ।

युएससीआईएसमा अनलाएन एकाउन्ट नहुनेहरुले ठेगाना परिवर्तनका लागि फर्म एआर ११ को प्रयोग गर्नुपर्छ । यो फर्म हुलाकमार्फत पनि पठाउन सकिन्छ । यदि तपाई घरेलु हिंशा, मानव तस्करी वा अन्य कुनै अपराधको शिकार हुनुभएको छ र तपाईको आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने तपाईले ठेगाना परिवर्तनका लागि फर्म एआर ११ भरेर पठाउनुपर्छ । त्यस्तै आई ७५१ को वेभर आवेदन दिएकाहरुले एआर ११ भरेर पठाउनुपर्छ ।

यदि कुनै अमेरिकी नागरिकको कुनै पनि प्रकारको पारिवारिक वा अन्य आवेदन युएससीआईएसमा पेन्डिंग अवस्थामा छ भने उनीहरुले पनि ठेगाना परिवर्तन गर्नुपर्छ । त्यस्तै अमेरिकी नागरिकले कसैलाई स्पोन्सर गरेको छ भने आई ८६५ फर्म भरेर ठेगाना परिवर्तन गरेको ३० दिनभित्र युएससीआईएसमा जानकारी गराउनुपर्छ । तीसदिनभन्दा कम समय अमेरिकाभित्र गैरआप्रवासी भिसामा आउनेहरुले भने आफ्नो ठेगाना परिवर्तनबारे जानकारी गराउनु पर्दैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com