बैंककस्थित दूतावासको अपिल – थाइल्यान्डलगायतका देशमा नेपाली अलपत्र परेको भए खबर गर्नू


प्रकाशित मिति : फाल्गुन २८, २०८१ बुधबार

पछिल्लो समयमा वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा लगायतका विभिन्न प्रलोभन देखाई नेपालीहरूलाई थाइल्यान्ड, कम्बोडिया, लाओस्, भियतनाम लगायतका देशमा पुर्‍याइ गैर कानुनी काममा लगाउने क्रम बढ्दै गएको छ । प्रलोभनमा परी थाइल्यान्ड, कम्बोडिया, लाओस्, भियतनाम लगायतका देशमा आउने नेपालीहरू गैर कानुनी काममा आबद्ध हुने क्रम बढेको हो ।

थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासले विभिन्न प्रलोभनमा परी नेपाली नागरिक अलपत्र परेको वा विभिन्न समूहको बन्धकमा परेको अवस्था भए खबर गर्न अपिल गर्दै आएको छ । कुनै नेपाली नागरिक ठगीमा परी अलपत्र परेको वा विभिन्न समूहको बन्धकमा रहेको भए उद्धारका लागि राहदानी, नागरिकता, भिसा लगायतका कागजातका फोटोकपीसहित परिवारजनले आफ्नो वडा कार्यालय वा कन्सुलर सेवा विभागमा सम्पर्क गर्न राजदूतावासले आग्रह गरेको हो ।

नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विभिन्न प्रलोभनमा परी कुनै पनि नेपाली नागरिक उल्लिखित मुलुकमा अलपत्र परेको वा त्यस्ता समूहको बन्धकमा रहेको अवस्था भएमा निजको उद्धारका लागि पीडितको राहदानी, नागरिकता, भिसा लगायतका कागजातका फोटोकपीसहित परिवारजनले आफ्नो वडा कार्यालय मार्फत वा सिधै कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौँमा सम्पर्क गरी विभागले जानकारी गराए अनुसारको प्रक्रिया पुरा गरी उद्धार कार्यमा सहयोग गरिदिनु हुन नेपाली राजदूतावास बैंकक सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।”

निवेदन दिँदा पीडित रहेको स्थान, सम्पर्क नम्बर, निजसँग हाल राहदानी भए/नभएको, भिसा वैध भए/नभएको लगायतका विषयहरू स्पष्ट खुलाउनुपर्ने समेत जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । कसैको प्रलोभनमा परी कानुन विपरीत छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया, लाओस्, थाइल्यान्ड लगायत कुनै पनि मुलुकमा वैदेशिक रोजगारीका लागि नआउन समेत राजदूतावासले अनुरोध गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com