अमेरिकाले हटायो आप्रवासी भिसामा पनि कोभिड १९ विरुद्धको खोप आवश्यकता


प्रकाशित मिति : फाल्गुन २७, २०८१ मंगलबार

अमेरिकाले आप्रवासी भिसामा पनि कोभिड १९ विरुद्धको खोप आवश्यकता हटाएको छ । मार्च ११, २०२५ देखि लागू हुने गरी सीडीसीले कोभिड १९ विरुद्धको खोप आवश्यकता सम्बन्धि प्यानल चिकित्सकहरूलाई दिइने प्राविधिक निर्देशनहरू हटाउँदै आप्रवासी भिसा आवेदकले कोभिड १९ विरुद्धको खोप लिनुपर्ने आवश्यकताको अन्त्य गरेको छ ।

प्यानल चिकित्सकहरूले अब आप्रवासी भिसा आवेदकले कोभिड १९ विरुद्धको खोप प्राप्त गर्न वा अन्यथा कागजात गर्न असफल भएको आधारमा यात्राको लागि अयोग्य छ कि छैन भनेर निर्धारण गर्ने छैनन्। प्यानल चिकित्सकहरूलाई सीडीसीले दिएको मार्गदर्शनको आधारमा अब अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले कोभिड १९ विरुद्धको खोप लगाएको कागजात प्रस्तुत गर्न असफल हुनेको आप्रवासी भिसा आवेदन अस्वीकार नगर्ने अमेरिकी विदेश मन्त्रालयले प्रष्ट पारेको छ ।

कन्सुलर अधिकारीले पहिले नै आवेदकको भिसा कोभिड १९ विरुद्धको खोप स्थापित गर्न असफल भएको आधारमा अस्वीकार गरेको भएमा चिकित्सा परीक्षणको म्याद नसकिएका आवेदकहरुले प्यानल चिकित्सकद्वारा शुल्क बिना नै नयाँ चिकित्सा परीक्षण गर्नसक्ने भएका छन् । यो अनुरोध गर्न प्रभावित आवेदकहरूले आप्रवासी भिसाको लागि आवेदन दिएको अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा सम्पर्क गर्नुपर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

यस अगाडि अमेरिकाभित्र ग्रिनकार्ड आवेदन दिनेहरुका लागि ग्रिनकार्ड आवेदनसँगै पेश गरिने मेडिकल रिपोर्टमा कोभिड १९ विरुद्धको खोप आवश्यकता हटाइएको थियो । ट्रम्प प्रशासनले जनवरी २२ देखि कोभिड १९ खोपको आवश्यकतालाई हटाएको घोषणा गरेको थियो । सन् २०२१ को अक्टोबर १ देखि बाइडेन प्रशासनले मेडिकल रिपोर्टमा कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य बनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड आवेदकहरुले आफ्नो मेडिकल रिपोर्ट फर्म आई ६९३ मा कोभिड १९ विरुद्धको खोप प्राप्त गरेको कागजातहरु प्रस्तुत गर्ने कुनै पनि र सबै आवश्यकताहरु हटाएको युएससीआईएसले घोषणा गरेको थियो । युएससीआईएसले कोभिड १९ खोप प्रमाणित गर्ने सन्दर्भमा थप कागजात वा आवेदन अस्वीकार गर्ने आशयको सूचना नपठाउने प्रष्ट पारेको थियो ।

साथै युएससीआईएसले कोभिड १९ विरुद्धको खोप प्राप्त गरेको कागजात पेश गर्न असफल भएको आधारमा ग्रिनकार्ड आवेदन अस्वीकार नगर्ने समेत बताएको थियो । गत डिसेम्बरदेखि युएससीआईएसले ग्रिनकार्ड आवेदन आई ४८५ कै साथमा मेडिकल रिपोर्ट समेत पेश गर्नुपर्ने प्रावधान ल्याएको थियो । मेडिकल रिपोर्ट पछि पेश गरेपनि हुने प्रावधान हटाएर ग्रिनकार्ड आवेदनकै साथमा पेश गर्नुपर्ने गरी युएससीआईएसले नीति अपडेट गरेको थियो ।

स्थिति समायोजनको लागि आवेदन दिने ग्रिनकार्ड आवेदकहरूले सामान्यतया अध्यागमन मेडिकल जाँच र सबै आवश्यक खोपहरू पूरा गर्नुपर्छ । सिभिल सर्जनद्वारा हस्ताक्षर गरिएको राम्रोसँग पूरा गरिएको मेडिकल रिपोर्ट फर्म आई ६९३ पेश गर्नुपर्छ जसले गर्दा उनीहरू स्वास्थ्य सम्बन्धी आधारहरूमा ग्रिनकार्ड अस्वीकृत हुने स्वास्थ्य अवस्थाहरूबाट मुक्त भएको देखाउँछ ।

गत अप्रिलमा युएससीआईएसले ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने घोषणा गरेको थियो । सन् २०२३ को नोभेम्बर १ वा त्यसपछि उचित तरिकाले तयार गरेर सिभिल सर्जनले हस्ताक्षर गरेको मेडिकल रिपोर्ट एक्सपायर नहुने र स्वास्थ्यका आधारमा ग्रिनकार्डका लागि अयोग्य नभएको प्रमाणित गर्न अनिश्चितकालसम्म पेश गर्न सकिने युएससीआईएसले प्रष्ट पारेको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीसँगको परामर्शमा र सार्वजनिक स्वास्थ्य इलेक्ट्रोनिक सूचनामा भएको प्रगतिको आधारमा युएससीआईएसले मेडिकल रिपोर्टको मान्यता निश्चित समयसम्मका लागिमात्र कायम हुन नहुने तथा यसको म्याद निश्चित समय अवधिमा समाप्त हुन नहुने निष्कर्ष निकालेको हो ।

तर सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेपछि आवेदकको चिकित्सा अवस्था परिवर्तन भएको विश्वास गर्ने कारण युएससीआईएसका अधिकारीसँग भएमा भने उनीहरुले थप प्रमाण वा नयाँ मेडिकल रिपोर्ट अनुरोध गर्नभने सक्नेछन् । त्यस्तै मेडिकल रिपोर्टले आवेदकको चिकित्सा अवस्थालाई सही रूपमा प्रतिबिम्बित नगरेको वा स्वास्थ्य सम्बन्धी आधारमा आवेदकको ग्रिनकार्ड अस्वीकार्य हुनसक्ने देखिएमा युएससीआईएसका अधिकारीले थप प्रमाण वा नयाँ रिपोर्ट माग्न सक्नेछन् ।

त्यस्तै मेडिकल रिपोर्टहरु सन् २०२३ को नोभेम्बर १ भन्दा अगाडि तयार पारिएको वा सिभिल सर्जनबाट हस्ताक्षर गरिएको भएमा भने त्यस्ता रिपोर्टहरु २ बर्षका लागिमात्र मान्य रहनेछन् । अर्थात् सन् २०२३ को नोभेम्बर १ अगाडिका रिपोर्टमा विगतकै नीति लागु हुनेछ । किनभने नोभेम्बर १ भन्दा अगाडि सिभिल सर्जनहरुले मेडिकल रिपोर्ट तयार गर्दा सीडीसीलाई इलेक्ट्रोनिक रूपमा जानकारी शेय गर्न वा रिपोर्ट गर्न आवश्यक पर्दैनथ्यो ।

युएससीआईएसले सीडीसीसँग परामर्श गरेर २०२३ को नोभेम्बर १ अघि सिभिल सर्जनले हस्ताक्षर गरेको सही तरिकाले भरिएको मेडिकल रिपोर्टले सिभिल सर्जनको हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्ममात्र मान्यता पाउने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com