देशनिकालालाई तीब्र पार्न अमेरिकी अध्यागमन एजेन्सी आइसमा नयाँ नेतृत्व


प्रकाशित मिति : फाल्गुन २५, २०८१ आईतबार

Department of Homeland Security (DHS) Secretary Kristi Noem. (DHS photo by Tia Dufour)

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले देशनिकालालाई तीब्र पार्न अध्यागमन एजेन्सी आइसमा टोड लियोन्सलाई कार्यवाहक निर्देशक र म्याडिसन शेहानलाई उपनिर्देशक नियुक्त गरेकी छिन् । कार्यवाहक निर्देशक कालेब भिटेलोले अपेक्षा गरे अनुशार देशनिकाला गर्न नसकेको भन्दै पदबाट हटाइएको थियो ।

दुई दशकभन्दा लामो बढी अनुभव भएका आइसका वरिष्ठ अधिकारी भिटेलो राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि जनवरी २०२५ मा कार्यवाहक निर्देशकको रूपमा काम रिरहेका थिए। तर, उनको कार्यकालमा प्रशासनका शीर्ष अधिकारीहरू आइसले गिरफ्तारी र देशनिकालाको स्तरलाई तीव्र बनाउन नसकेकोमा असन्तुष्ट थिए।

भिटेलोले कारवाही बढाउन प्रयास भने गरेका थिए । क्षेत्रीय कार्यालयहरूलाई प्रति दिन ७५ गिरफ्तारीको लक्ष्य राख्न निर्देशन दिँदा राष्ट्रिय स्तरमा १,२०० देखि १,५०० सम्म पुग्ने अपेक्षा गरिएको थियो । तर आइसले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि उनलाई एजेन्सीको नेतृत्व गर्नुको सट्टा क्षेत्रीय र प्रवर्तन कार्यहरूको वरिष्ठ भूमिकामा नियुक्त गरिएको छ ।

आइसलाई जवाफदेही संस्कृतिको आवश्यकता भएको तर यो वञ्चित भएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बताएकी छिन् । राष्ट्रपति ट्रम्पको समर्थनमा यो नयाँ नेतृत्वले कागजात नभएका आप्रवासीहरूलाई लक्षित गरेर गिरफ्तारी र देशनिकालामा अमेरिकी जनताले माग गरेको नतिजा दिने उनले बताइन् । राष्ट्रपति ट्रम्पको समर्थनमा नयाँ नेतृत्व नियुक्त गरेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोड लियोन्सले यस अगाडि आइस अन्तरगतको ईआरओका कार्यवाहक कार्यकारी सहायक निर्देशकको रूपमा सेवा गरेका थिए । त्यसअघि उनले ईआरओको क्षेत्रीय कार्य सञ्चालनका सहायक निर्देशकको पद सम्हालेका थिए, जहाँ उनले अमेरिकाभर २५ क्षेत्रीय कार्यालय र घरेलु सञ्चालनको निरीक्षण गरेका थिए।

आफ्नो करियरमा लियोन्सले आइसभित्र धेरै नेतृत्व भूमिकाहरू सम्हालेका छन्, जसमा पश्चिमी सञ्चालन र दक्षिणपश्चिम सीमाका लागि उपसहायक निर्देशक र ईआरओको बोस्टन कार्यालयको क्षेत्रीय कार्यालय निर्देशकको रूपमा म्यासाचुसेट्स, मेन, न्यू ह्याम्पशायर, रोढ आइल्यान्ड, कनेक्टिकट र भर्मन्टमा सञ्चालन व्यवस्थापन गरेका छन्। आफ्नो करियरको सुरुवातमा उनले २०१५ देखि २०१७ सम्म ईआरओ डालसमा सहायक क्षेत्रीय कार्यालय निर्देशक र २०१४ देखि २०१५ सम्म ईआरओ डालस क्षेत्रीय कार्यालयको चिफ अफ स्टाफको रूपमा काम गरेका थिए।

लियोन्सले १९९३ मा युनाइटेड स्टेट्स एयर फोर्समा आफ्नो संघीय सेवा सुरु गरेका थिए। उनले १९९९ मा फ्लोरिडामा कानुन प्रवर्तन करिअरमा प्रवेश गरे भने २००७ मा टेक्सासको डालासमा आप्रवासन प्रवर्तन एजेन्टको रूपमा आइसमा सामेल भए।

त्यस्तै म्याडिसन डी शेहान लुइजियाना वन्यजन्तु र मत्स्य विभागकी सेक्रेटरीका रूपमा काम गरिरहेकी थिइन्, जहाँ उनले २८० मिलियन डलरको बजेट र एजेन्सीको वन्यजन्तु, मत्स्य र प्रवर्तन विभागमा ८०० भन्दा बढी कर्मचारीहरूको व्यवस्थापन गर्दै आएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com