राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा आइसको हिराशतमा परेका हुन्?


प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा आइसको हिराशतमा परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले थापा पेन्सिलभेनिया फेडरल डिटेन्सन सेन्टरमा हिराशतमा रहेको पुष्टी गरेको छ । सुरुमा थापालाई यूएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले अमेरिका प्रवेश गर्ने क्रममा विमानस्थलमा नियन्त्रणमा लिएको आइसले पुष्टी गरेको छ ।

अमेरिकाको मेरिल्याण्ड निवासी थापा विगतमा अमेरिकामा नक्कली परिचयपत्रहरु र ड्राइभरलाइसेन्सहरु बनाएको मुद्दामा जेल परेका थिए । उनले नक्कली परिचयपत्रहरु उत्पादन गरेको र ठगी गर्न हुलाक प्रयोग गरेको षड्यन्त्र गरेकोमा दोषी स्वीकार गरेका थिए । थापाले घुस दिएर मेरिल्याण्ड मोटर भेइकल एडमिनिस्ट्रेशन एमभीएका एक कर्मचारीसँग मिलेर विदेशी नागरिकलाई नक्कली आईडी बेच्ने र वितरण गर्ने षड्यन्त्र गरेको मुद्दा लगाइएको थियो ।

उनको फेसबुक रेकर्ड अनुशार उनी फेब्रअरी १६ मा दोहामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग कतारको भेटघाट कार्यक्रममा सहभागी भएर अमेरिकाका लागि उडेका थिए । तर सीबीपीले उनलाई नियन्त्रणमा लिएको मिति र समय भने सार्वजनिक भएको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनी पक्राउ परेको पुष्टी गरेको छ तर उनी अमेरिका जानु अगाडि नै पार्टीको केन्द्रीय सदस्यबाट राजिनामा दिएको पार्टीको भनाई छ ।

ट्रम्प प्रशासन सुरु भइसकेपछि विगतको अपराधको रेकर्ड भएका ग्रिनकार्डवाहकलाई समेत अमेरिकाबाहिर यात्रा गरेर फर्कने क्रममा सीबीपीले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राख्ने क्रम तीब्र पारेको छ । थापालाई पनि विगतको अपराधको रेकर्डको आधारमा सीबीपीले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राखेको हो । हालै अमेरिकी संसदबाट पारित भइसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको एउटा बिलले पनि अपराधहरूमा दोषी ठहरिएका गैर नागरिकहरू देशनिकालाको अधीनमा रहने थप व्यवस्था गरेको थियो । मोहन थापाविरुद्ध क्रेडिटकार्ड ठगी लगायतका अन्य कैयन मुद्दाहरु पनि मेरिल्याण्डका अदालतमा रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थापासँगै अमेरिकाका केही विमानस्थल र पोर्ट अफ इन्ट्रीहरुमा प्रवेश गर्दा निश्चित अवस्थाका ग्रिनकार्डवाहकहरुलाई हिराशतमा लिइने गरेका अन्य घटनाहरु सार्वजनिक भइरहेका छन् । विगतमा अपराधको इतिहास भएका ग्रिनकार्डवाहकहरुलाई अमेरिका फर्कने क्रममा अध्यागमन एजेन्सीले नियन्त्रणमा लिनसक्ने भएकाले देशनिकालाको प्रकृयामा रहेका ग्रिनकार्डवाहकहरु सचेत हुनुपर्ने कानुनविदहरुको सुझाव छ ।

त्यस्तै देशनिकालाको प्रकृयाका लागि पेन्डिङ नोटिस टु अपियर रहेका ग्रिनकार्डवाहकहरुलाई अमेरिका फर्कने क्रममा अध्यागमन एजेन्सीले नियन्त्रणमा लिनसक्ने जोखिम रहेको छ । त्यस्तै शर्तसहितको २ बर्षे ग्रिनकार्डको शर्त हटाउन दिएको आवेदन अस्वीकार भएको अवस्थामा एडीआईडी स्टाम्प भएका ग्रिनकार्डवाहकसमेतलाई अमेरिका प्रवेशमा रोक लगाइनसक्छ ।

खासगरी अपराधमा दोषी ठहरिएका, अध्यागमन नियम उल्लंघन गरेका, शर्त सहितको ग्रिनकार्डको शर्त हटाउन दिएको आवेदन अस्वीकृत भएका, विगतमा झुठो विवरण पेश गरेर ग्रिनकार्ड लिएपछि नागरिकता आवेदनका क्रममा पत्ता लागेर नागरिकता अस्वीकृत भई ग्रिनकार्ड समेत खारेजीको प्रकृयामा परेका लगायतका व्यक्तिलाई देशनिकालाका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अदालतमा नोटिस टु एपियर जारी गर्नेगर्छ । त्यस्ता व्यक्ति विदेश यात्रा गरेर फर्कदा अमेरिकी अध्यागमनले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राख्ने जोखिम रहन्छ ।

विगतमा अपराधको रेकर्ड भएका ग्रिनकार्डवाहकहरु देशनिकालाको प्रकृयामा नभएपनि अमेरिकाबाहिर यात्रा गर्दा फर्कदा अमेरिका प्रवेशमा रोक लाग्नसक्ने र अध्यागमन एजेन्सीले पक्राउ गरेर देशनिकालाको प्रकृयामा लैजानसक्ने न्युयोर्कका कानुन व्यवसायी फुलाराले यस अगाडि नै खसोखासलाई बताउनुभएको थियो । त्यस्ता अपराधमा चोरी, जालसाजी, घरेलु हिंशा, लागु औषध, हिंशात्मक अपराध, सबैजोड्दा ५ बर्षभन्दा बढी जेलसजाय हुने धेरै अपराध लगायत पर्ने भएकाले अपराधको पृष्ठभूमि हुनेले कानुनी सल्लाह लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com