अब अक्टोबर १ अगाडि विशेष आप्रवासी ग्रिनकार्ड जारी नगरिने अमेरिकाको घोषणा


प्रकाशित मिति : फाल्गुन १७, २०८१ शनिबार

अमेरिकी विदेश मन्त्रालयले विशेष आप्रवासी भिसा र विशेष आप्रवासी ग्रिनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेको छ। यसको मतलब यो अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रिनकार्डहरू उपलब्ध हुनेछैनन्।

युएससीआईएससँगको सहकार्यमा अमेरिकी विदेश मन्त्रालयले आर्थिक वर्ष २०२५ को लागि रोजगारमा आधारित चौथो श्रेणीमा उपलब्ध सबै आप्रवासी भिसाहरू जारी गरेको जनाएको छ । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले एक आर्थिक वर्षभित्र जारी गर्न सकिने रोजगारमा आधारित आप्रवासी भिसाहरूको संख्यालाई सीमित गर्छ। विशेष गरी, रोजगारमा आधारित चौथो श्रेणीको भिसाको वार्षिक सीमा विश्वव्यापी रोजगारमा आधारित ग्रिनकार्डका सबै श्रेणीको सीमाको ७ दशमलव १ प्रतिशत मात्र हुने व्यवस्था गरेको छ ।

रोजगारमा आधारित चौथो श्रेणीको भिसा र ग्रिनकार्डको वार्षिक सीमा हरेक आर्थिक वर्ष लगभग ९,९४० हो। यो वार्षिक रूपमा तोकिएको १४०,००० रोजगारमा आधारित भिसा र ग्रिनकार्डहरूको ७ दशमलव १ प्रतिशत हो। यसबाट देशहरुलाई पनि छुट्टै सिमा तोकिएको हुन्छ ।

आर्थिक बर्ष २०२५ का लागि उपलब्ध सबै ईबी ४ भिसाहरू प्रयोग भइसकेकाले दूतावासहरूले यो आर्थिक वर्षको बाँकी अवधिको लागि यी श्रेणीहरूमा भिसा जारी गर्न सक्नेछैनन्। नयाँ आर्थिक वर्ष अक्टोबर १, २०२५ मा सुरु भएपछि वार्षिक सीमाहरू रिसेट हुनेछन्। त्यस बिन्दुमा दूतावासहरूले योग्य आवेदकहरूलाई यो श्रेणीमा आप्रवासी भिसा जारी गर्न पुनः सुरु गर्न सक्नेछन्। गत वर्ष यो श्रेणीको वार्षिक सीमा अगस्टको अन्त्यमा पुगेको थियो। तर, यो वर्ष, यो सीमा धेरै छिटो पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीलाई विघटन गरिरहँदा जागिरबाट निकालिएका विदेशी कर्मचारीहरूले यही श्रेणीको विशेष आप्रवासी ग्रिनकार्डका लागि आवेदन दिने विचार गरिरहेका छन्। जागिरबाट निकालिएपछि उनीहरुलाई विशेष आप्रवासी भिसाका लागि आवेदन दिने विकल्प सुझाउने इमेल प्राप्त भएको थियो । तर यो प्रकृया पूरा हुन अहिले झण्डै ६ बर्ष लागेको छ ।

विशेष आप्रवासी ग्रिनकार्डहरू विभिन्न कार्यक्रमहरूअन्तर्गत जारी गरिन्छन्, जसमा धार्मिक कार्यकर्ताहरू, केही अन्तर्राष्ट्रिय संगठनका कर्मचारीहरू र अन्य योग्य व्यक्तिहरू समावेश छन्। अमेरिकी आप्रवासन कानूनअन्तर्गत तोकिएको अवधिको लागि अमेरिकी सरकारको वफादार र मूल्यवान सेवा प्रदान गरेका विदेशी कर्मचारीहरू रोजगारमा आधारित चौथो श्रेणीमार्फत ग्रिनकार्ड प्राप्त गर्न योग्य हुन सक्छन्।

अमेरिकी विदेश मन्त्रालयको मार्चको भिसा बुलेटिनका अनुसार यो आप्रवासी भिसा श्रेणीको अमेरिकाभित्र ग्रिनकार्ड फाइल गर्ने र अमेरिकाबाहिर भिसा अन्तरवार्ता पाउने प्राथमिकता मिति अगस्ट १, २०१९ हो । ट्रम्प प्रशासनअन्तर्गत पहिलो भिसा बुलेटिनले यो मितिलाई जनवरी १, २०२१ बाट अगस्ट १, २०१९ मा पछाडि सारेको थियो, जसले भिसा प्रक्रियालाई थप ढिलाइ गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com