विद्यार्थीलाई आइसले पक्रेमा डराएर तुरुन्त स्वैच्छिक प्रस्थानको विकल्प नछान्न सुझाव


प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार

अमेरिकामा अध्ययनरत कुनै अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्यागमन एजेन्सी आइसले पक्रेमा डराएर तुरुन्त स्वैच्छिक प्रस्थानको विकल्प नछान्न कानुन व्यवसायीले सुझाव दिएका छन् । आइसले पक्राउ पछि तुरुन्तै आफ्नै खर्चमा अमेरिका छाड्नका लागि स्वैच्छिक प्रस्थानको विकल्प दिनसक्ने र त्यस्ता कागजातमा हस्ताक्षर गर्न लगाउने समेत भएकाले नबुझेर, डराएर वा प्रलोभनमा परेर त्यस्ता कागजातमा हस्ताक्षर नगर्न न्युयोर्कका कानुन व्यवसायी बासु फुलाराले सुझाव दिनुभएको छ ।

आइसले पक्राउ गरेपनि त्यस्ता व्यक्तिसँग संविधानप्रदत्त र अध्यागमन कानुनले व्यवस्था गरेका अन्य अधिकार र कानुनी विकल्पहरु हुने भएकाले स्वैच्छिक प्रस्थानको विकल्प छान्दा त्यस्ता अधिकारहरु प्रयोग गर्न नपाउने अवस्था आउने भएकाले कुनै कुरा नबुझी हस्ताक्षर गर्न नहुने उहाँले सुझाव दिनुभएको छ । अध्यागमन वकिल राख्न पाउने अधिकारको प्रयोग गरी सशुल्क वा निशुल्क वकिल राख्न सकिने भएकाले पक्राउ परेमा वकिल राख्ने र कानुनी विकल्पहरुको बारेमा बुझेर कदम चाल्नुपर्ने उहाँको भनाई छ ।

स्वैच्छिक प्रस्थान के हो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वैच्छिक प्रस्थानले व्यक्तिलाई निश्चित समय भित्र आफ्नै खर्चमा देशनिकालाको आदेश विना नै अमेरिका छोड्न अनुमति दिन्छ । अध्यामगनबारे मुद्दा सुरु नहुँदै अमेरिका छाड्ने र मुद्दा टुंगो लागेपछि अमेरिका छाड्ने गरी दुई प्रकारका स्वैच्छिक प्रस्थान हुन्छन् । मुद्दा सुरु नहुँदै स्वैच्छिक प्रस्थानका लागि व्यक्तिले पहिले नै सोध्नुपर्छ भने मुद्दाको अन्तिम सुनुवाई सकिएपछि न्यायाधिसले पनि स्वैच्छिक प्रस्थानको अनुमति दिनसक्छन् ।

स्वैच्छिक प्रस्थान गर्दा व्यक्तिको अध्यागमन रेकर्डमा देशनिकालाको कुनै आदेश हुँदैन । देशनिकालाको आदेशले व्यक्तिलाई १० बर्षसम्म अमेरिका आउन रोक्न सक्ने र निश्चित अध्यागमन लाभहरूको लागि अयोग्य बनाउन सक्ने भएकाले आइसले पक्राउ गरेपछि उक्त त्रास देखाएर व्यक्तिलाई स्वैच्छिक प्रस्थानको विकल्प रोज्न प्रेरित गर्ने गरेको देखिएको छ । यदि स्वैच्छिक प्रस्थान रोजेमा पछि तुलनात्मक रुपमा चाँडै अमेरिका फर्कन सक्षम हुन सक्ने प्रावधान भएकाले त्यस्तो विकल्प रोजाउनका लागि आइसले प्रयत्न गर्ने गरेको देखिएको छ ।

डिपार्टमेन्ट अफ जस्टिसका अनुशार यदि स्वैच्छिक प्रस्थान लिएमा आप्रवासीका लागि कानुनी रूपमा अमेरिका फर्कने थप तरिकाहरू हुन्छन् । उनीहरु आफ्नो देशमा र्गपछि अमेरिका फर्कन भिसाको लागि आवेदन दिन सक्षम हुन सक्नुहुन्छ। त्यस्तै अमेरिकामा परिवारका सदस्यहरूले तपाईंलाई प्रवेश गर्न अनुमति दिन सरकारलाई आग्रह गर्न सक्षम हुन सक्छन् । तर अध्यागमन रेकर्डमा देशनिकालाको आदेश छ भने यी मध्ये केही अवसरहरू उपलब्ध छैनन् ।

यद्यपी व्यवहारिक रुपमा हेर्दा स्वैच्छिक प्रस्थान गरेको व्यक्तिले अमेरिकाको गैर आप्रवासी भिसा पाउने सम्भावना निकै कम हुने गरेको छ । तर त्यस्तो व्यक्तिले परिवारमा आधारित ग्रिनकार्डका लागि योग्य भएमा भने देशनिकालाको आदेश भइसकेका व्यक्तिले जस्तो प्रतिबन्धहरुको सामना गर्नुपर्ने अवस्था नआउन सक्छ । स्वैच्छिक प्रस्थान गर्दा प्रस्थान गर्ने व्यक्ति आफ्नै खर्चमा फर्कनुपर्छ, आइसले फर्कनका लागि टिकट वा रकम उपलब्ध गराउँदैन ।

तर मुद्दा सुरु हुनु अगाडि नै स्वैच्छिक प्रस्थानका लागि कागजातमा हस्ताक्षर गर्दा आफू अमेरिकामा कानुनी रुपमा नभएको कुरा स्वीकार गर्नुपर्छ । साथै अमेरिकामा बस्नका लागि दिइएका कुनै पनि आवेदनहरु फिर्ता लिएको स्वीकार गर्नुपर्छ । त्यस्तै आफूसँग स्वदेश फर्कनका लागि अद्यावधिक पासपोर्ट समेत भएको हुनुपर्छ । कुनै अपराधमा दोषी ठहर भएको व्यक्ति स्वैच्छिक प्रस्थानका लागि योग्य नहुने डिपार्टमेन्ट अफ जस्टिसको गाइडलाइनमा उल्लेख छ ।

यदि तपाई अमेरिकामा एसाइलम दावी गर्न, देशनिकालाको प्रकृया रद्द गराउन, कुनै तरिकाबाट ग्रिनकार्ड फाइल गर्न वा अन्य कुनै प्रतिरक्षाका लागि योग्य हुनुहुन्छ भने त्यस्तो व्यक्तिले स्वैच्छिक प्रस्थानको विकल्प नरोजी मुद्दा लड्नसक्ने पनि डिपार्टमेन्ट अफ जस्टिसले प्रष्ट पारेको छ । यदि त्यसो भएमा आफ्ना विकल्पहरुबारे बुझ्नका लागि अध्यागमन वकिलसँग कुरा गर्न डिपार्टमेन्ट अफ जस्टिसले सुझाव दिएको छ ।

यी विकल्पहरुका लागि योग्य भएमा व्यक्तिले भविश्यमा ग्रिनकार्ड समेत पाउनसक्ने साथै स्वैच्छिक प्रस्थानमा जस्तो तत्काल देशनिकाला हुनु नपर्ने भएकाले कुरा नबुझी स्वैच्छिक प्रस्थानको कागजातमा हस्ताक्षर नगर्न कानुन व्यवसायीहरुले सुझाव दिएका हुन् । निशुल्क कानुनी सहायता प्रदान गर्ने सेवा प्रदायकको सूची हेर्न यहाँ क्लीक गर्नुहोला ।

यहाँ दिइएका जानकारीहरु कानुनी सल्लाह होइनन्, सामान्य जानकारीमात्र हुन्  । कानुनी सल्लाहका लागि लाइसेन्सप्राप्त कानुन व्यवसायीहरुलाई सम्पर्क गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com