३ महिनामा ६९२९ नेपालीलाई अमेरिकाको गैर आप्रवासी भिसा: ४४९९ भिजिटर, १४९५ विद्यार्थी, ३३० कामदार


प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

आर्थिक बर्ष २०२५ को पहिलो ३ महिनामा ६ हजार ९ सय २९ जना नेपालीहरुले अमेरिकाको गैर आप्रवासी भिसा प्राप्त गरको छन् । विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार अक्टोबरमा २७२२, नोभेम्बरमा २०८९ र डिसेम्बरमा २११८ जना नेपालीहरुले अमेरिकाको विभिन्न श्रेणीको गैर आप्रवासी भिसा प्राप्त गरका छन् ।

यो अवधिमा सबैभन्दा धेरै भिजिटर भिसा प्राप्त गरेका छन् । तीन महिनामा अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या ४ हजार ४ सय ९९ रहेको छ । जसमध्ये अक्टोबरमा १६७२, नोभेम्बरमा १६३६ र डिसेम्बरमा ११९१ जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिसा प्राप्त गरेका छन् ।

पछिल्लो तथ्यांक अनुशार नेपालीलाई अमेरिकाको भिजिटर भिसा अस्वीकृत दरमा उच्च बृद्धि भएको छ ।  आर्थिक बर्ष २०२४ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ५० दशमलव ५ प्रतिशतलेमात्र अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

बाइडेन प्रशासनको सुरुको ३ बर्षमा नेपालीको भिसा स्वीकृत दर अत्यन्तै उच्च भएपनि अन्तिम बर्षमा भने भिसा स्वीकृत दरमा उल्लेख्य गिरावट आएको हो । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये झण्डै ४९ दशमलव ५ प्रतिशतको भिजिटर भिसा अस्वीकृत गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भिसा अस्वीकृत दर आर्थिक बर्ष २०२३ को तुलनामा अत्यन्तै उच्च थियो । २०२४ मा २४ हजार ३ सय ९ नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । अर्थात् ४८ हजार १ सय नेपालीले आर्थिक बर्ष २०२४ मा अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए ।

त्यस्तै विद्यार्थी भिसा प्राप्त गर्ने नेपालीहरुको संख्या तीनमहिनामा १४९५ रहेको छ जसमध्ये अक्टोबरमा ७१२, नोभेम्बरमा १६७ र डिसेम्बरमा ६१६ रहेको छ । उनीहरुका थप ८४ जना डिपेन्डेन्टहरुले पनि एफटु श्रेणीको भिसा पाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयको ब्युरो अफ कन्सुलर अफेयर्स को तथ्यांक अनुसार, २०२४ आर्थिक वर्षमा १३,१८७ नेपालीलाई अमेरिकी विद्यार्थी भिसा  प्रदान गरिएको छ, जुन अघिल्लो आर्थिक वर्ष २०२३ को तुलनामा दोब्बरभन्दा बढी हो।

आइसको सेभिस रिपोर्ट अनुशार हाल अमेरिकामा अध्ययनरत विद्यार्थीहरुको संख्या १६,९३३ रहेको छ। यी विद्यार्थीहरूमध्ये १०,४३० पुरुष र ६,५०३ महिला रहेका छन्। यो संख्या जनवरी २०२४ को तुलनामा घटेको छ, जुन समय २०,१५३ थियो, जुन पछि मार्च २०२४ मा २३,४३५ मा वृद्धि भएको थियो।

यो अवधिमा अमेरिकाको अस्थायी कामदार भिसा एचवानबी प्राप्त गर्ने नेपालीहरुको संख्या पनि उल्लेख्य छ । तीन महिनामा ३३० जना नेपालीहरुले एचवानबी भिसा प्राप्त गरेका छन् भने थप उनीहरुका ७१ जना डिपेन्डेन्टहरुले एच फोर श्रेणीको भिसा पाएका छन् ।

आर्थिक बर्ष २०२४ मा ७८१ जना नेपाली एच वान बी भिसा पाएका थिए । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार ७८१ जनाले एचवानबी भिसा पाएका थिए भने उनीहरुका २८८ जना आश्रितहरुले एचफोर भिसा पाएका थिए । यसरी आर्थिक बर्ष २०२४ मा कुल १०६९ जना नेपालीहरुले एच श्रेणीको भिसा पाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com