अमेरिकामा प्रवेश गर्ने विदेशी नागरिकहरूको लागि अनलाइन स्पोन्सर फारम स्वीकार गर्न रोक


प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

युएससीआईएसले मानवीय कार्यक्रमहरूद्वारा अमेरिका प्रवेश गर्ने विदेशी नागरिकहरूको स्पोन्सर बन्न र आर्थिक सहयोगको घोषणा गर्ने फारम आई १३४ एको स्वीकृतिमा रोक लगाएको छ। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा जारी गरेको कार्यकारी आदेशको पालनामा गरिएको युएससीआईएसले जनाएको छ।

यो स्पोन्सर फारम अमेरिकी नागरिक र स्थायी बासिन्दाहरूलाई विदेशी नागरिकहरूलाई मानवीय पेरोल कार्यक्रमहरूको लागि स्पोन्सर गर्न प्रयोग गरिन्छ, जसले आपतकालीन मानवीय कारणहरू वा महत्त्वपूर्ण सार्वजनिक फाइदाका आधारमा अस्थायी प्रवेशको अनुमति दिन्छ। युएससीआईएसको भनाइअनुसार, यो रोक त्यस कार्यक्रमहरूको मूल्याङ्कनका लागि गरिएको हो।

यो अनलाइन फारमले व्यक्तिहरूलाई विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न स्पोन्सर गर्न अनुमति दिन्छ। यो विशेष रूपमा युक्रेनका लागि एकता कार्यक्रम र क्यूबा, हैटी, निकारागुवा र भेनेजुएलाका नागरिकहरूको लागि मानवीय पेरोल कार्यक्रमको लागि प्रयोग गरिन्छ। रोक्नु अघि, युएससीआईएसले यो फारम केवल ती व्यक्तिहरूबाट स्वीकार्दै आएको थियो जसले तोकिएका देशका नागरिकहरूको स्पोन्सर बन्नका लागि आवेदन दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पोन्सर बन्नका लागि स्पोन्सर गर्ने व्यक्ति अमेरिकामा हुनु आवश्यक छ। यी प्रक्रियाहरूअन्तर्गत पेरोलको लागि आवेदन दिने लाभार्थीहरूले आफैं स्पोन्सर फारम दर्ता गर्न सक्दैनन्। स्पोन्सरले फारममा लाभार्थीको नाम समावेश गर्नुपर्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com