बाइडेनकालमा झण्डै ९ हजार नेपाली विनाभिसा अमेरिका प्रवेश, अघिल्लो ट्रम्पकालको तुलनामा ५ गुणा बढी


प्रकाशित मिति : माघ १५, २०८१ मंगलबार

राष्ट्रपति जो बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीले फेला पारेकाहरु हुन् । सिमा सुरक्षा गस्तीले फेला नपारिकनै अमेरिका प्रवेश गर्नेहरुको रेकर्ड डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीसँग छैन ।

अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको छ । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।

जस अन्तरगत २०२४ को सेप्टेम्बरमा ३६०, अगष्ट महिनामा २६०, जुलाईमा २१०, जुनमा २००, मे महिनामा १८०, अप्रिलमा ३१०, मार्चमा १६०, फेब्रुअरीमा २३० जना र जनवरीमा २०० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गतसाता सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

२०१४ देखि २०२२ सम्मको ९ बर्षमा केवल ५१९० नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सीबीपीको जम्काभेटमा परेका थिए । तर २०२२ को अक्टोबरपछिका २ आर्थिक बर्ष अर्थात् २४ महिनामा ६८३० नेपालीहरु यसरी विनाभिसा अमेरिका प्रवेश गरेका छन् ।

आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । अघिल्लो ट्रम्प प्रशासन अन्तर्गत चार वर्षमा कुल १८५० नेपालीलाई विनाभिसा प्रवेश गरेका थिए, जस अन्तरगत २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जनामात्र रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

२०१४ मा ४७०, २०१५ मा ४१० र २०१६ मा ५५० नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् । तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com