ट्रम्प प्रशासनले गैर-नागरिक आप्रवासीहरूलाई ‘एलियन’ नै भनेर सम्बोधन गर्ने


प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

ट्रम्प प्रशासनले गैर-नागरिक आप्रवासीहरूलाई ‘एलियन’ नै भनेर सम्बोधन गर्ने भएको छ। इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का कार्यकारी निर्देशक कालेब भिटेलोले आन्तरिक मेमो जारी गर्दै गैर-नागरिकको सट्टा ‘एलियन’ शब्द प्रयोग गर्न निर्देशन दिएका हुन्।

अबदेखि ‘नन-सिटिजन’ को सट्टा ‘एलियन,’ ‘नन-सिटिजनसिप’ को सट्टा ‘एलियनेज,’ ‘अनडकुमेन्टेड नन-सिटिजन’ को सट्टा ‘अनडकुमेन्टेड एलियन,’ र ‘नन-सिटिजन चिल्ड्रेन’ को सट्टा ‘एलियन चिल्ड्रेन’ शब्द प्रयोग गरिनेछ। बाइडेन प्रशासनभन्दा अगाडि पनि नन-सिटिजनलाई ‘एलियन’ नै भनेर सम्बोधन गर्ने गरिन्थ्यो।

बाइडेन प्रशासनले सन् २०२१ को अप्रिल १९ मा यी शब्दावली परिवर्तन गरेको थियो। इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) र कस्टम्स एण्ड बोर्डर प्रोटेक्सन (सीबीपी) ले त्यतिबेलादेखि आप्रवासीलाई ‘एलियन’ वा ‘इलिगल एलियन’ भन्न रोकिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले अमेरिकी अध्यागमन कार्यान्वयन एजेन्सीहरूलाई आप्रवासीहरूको सन्दर्भमा ‘एलियन’ वा ‘इलिगल एलियन’ जस्ता शब्दहरू प्रयोग नगर्न आदेश दिएको थियो। अघिल्लो ट्रम्प प्रशासनअन्तर्गत पनि यस्ता शब्दहरू व्यापक रूपमा प्रयोग हुँदै आएका थिए।

अमेरिकामा आइस र सीबीपी संघीय अध्यागमन कानुन कार्यान्वयन गर्ने मुख्य निकाय हुन्। अध्यागमन प्रणालीलाई मानवीय बनाउने बाइडेन प्रशासनको प्रयासकै क्रममा शब्दावली परिवर्तन गरिएको थियो।

परिवर्तनअनुसार ‘एलियन’ को सट्टा ‘नन-सिटिजन’ वा ‘माइग्रेन्ट’ शब्द प्रयोग गरिदै आएको थियो। ‘इलिगल’ शब्दको सट्टा ‘अनडकुमेन्टेड’ शब्द प्रयोग गरिन्थ्यो। आइसका तत्कालीन कार्यकारी निर्देशक टाइ जोन्सनले समावेशी शब्दको प्रयोग गरिने बताएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com