मृत्युदण्डको सजायलाई विस्तार गर्ने ट्रम्पको तयारी


प्रकाशित मिति : पुस १२, २०८१ शुक्रबार

Republican presidential nominee former President Donald Trump arrives to speak during a campaign event at the World Market Center, Friday, Sept.13, 2024, in Las Vegas. (AP Photo/John Locher)

अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको सजायलाई विस्तार गर्ने बताएका छन ।

उनले आफ्नो चुनावी अभियानमा पनि संघीय मृत्युदण्डको प्रयोग विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।

बच्चाहरूको तस्करीमा संलग्न कोही छन् भने उनीहरूलाई तत्काल मृत्युदण्ड दिनुपर्नेछ । यसमा महिला पनि समावेश हुनेछन ट्रम्पले भनेका छन ।

सेप्टेम्बरमा फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले फेन्टानायलको तस्करी रोक्न मृत्युदण्ड मात्र नै उपाय हो भनेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबरमा विस्कन्सिनमा आयोजित एक र्यालीमा ट्रम्पले कुनै पनि आप्रवासीले अमेरिकी नागरिक वा कानून प्रवर्तन अधिकारीको हत्या गरेमा उनलाई मृत्युदण्ड दिनु आवश्यक हुने बताएका थिए ।

संघीय कानुनले पहिलो डिग्री हत्या र कानून प्रवर्तन अधिकारीको हत्याका लागि मृत्युदण्डको व्यवस्था गरिसकेको छ ।

तर संघीय मृत्युदण्डको प्रयोग विस्तार गर्नका लागि कांग्रेसले नयाँ कानुन पारित गर्नुपर्नेछ ।

ट्रम्पले अर्को महिना पद सम्हाल्दा रिपब्लिकनहरूले प्रतिनिधि सभा र सिनेट दुवैमा नियन्त्रण गर्नेछन् ।

तर, मृत्युदण्ड बिस्तार गर्ने जस्ता ठूला कानुन पारित गर्नका लागि डेमोक्र्याटहरूको सहमति आवश्यक हुनेछ ।

मौजुदा राष्ट्रपति जो बाइडेन मृत्युदण्डको सजायको मामिलामा धेरै नै नरम देखिएका छन ।

उनले ४० जनामध्ये मृत्युदण्डको सजाय पाएका ३७ जनाको सजायलाई आजिवन कारावासमा यसैहप्ता रुपान्तरण गरिदिएका थिए ।

बाइडेनको यो निर्णयलाई अधिकारमाथिको मजाक भन्दै ट्रम्पले बिरोध गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com