इजरायली हमलामा गाजामा ५ पत्रकारको ज्यान गयो


प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

EDITORS NOTE: Graphic content / Palestinians stand above debris after Israeli bombardment in Khan Yunis in the southern Gaza Strip on November 7, 2023, amid continuing battles between Israel and the Palestinian militant group Hamas. (Photo by Mahmud HAMS / AFP)

गाजामा ५ जना पत्रकार मारिएका छन । इजरायली हवाई हमलामा ५ पत्रकार मारिएको प्यालेस्तिनी टिभी च्यानलले बताएको छ । गाजा स्ट्रिपको मध्यभागमा भएको हवाई हमलामा उनीहरु मारिएका हुन ।

उनीहरू अलअव्दा अस्पताल बाहिर पार्क गरिएको कुद्स टुडेको भ्यानमा थिए । जहाँ एक पत्रकारकी पत्नी बच्चा जन्माउने तयारीमा थिइन् ।

च्यानलले आफ्नो ट्विटरमा एक भिडियो पोस्ट गरेको छ जसमा जलिरहेको सवारीसाधन देखाइएको छ, जसको पछाडि प्रेस लेखिएको थियो।

इजरायली हवाई सेनाले गाजा स्ट्रिपमा सशस्त्र समूह प्यालेस्तिनी इस्लामिक जिहाद PIJ का सदस्यहरू भएको सवारीलाई आक्रमण गरेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुद्स टुडे च्यानल PIJ समूहसँग सम्बद्ध छ । ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमासको नेतृत्वमा भएको आक्रमणमा उसले भाग लिएको बताइएको छ ।

हमास र इजरायलले एकअर्कालाई युद्धविराम प्रयासमा ढिलाइ गरिरहेको आरोप लगाइ रहेका छन ।

गत वर्षको हमास आक्रमणको जवाफमा इजरायली सेनाले गाजा स्ट्रिपमा हवाई आक्रमण र स्थल आक्रमण सुरू गरेको थियो।

यस आक्रमणमा लगभग १ हजार २०० जनाको मृत्यु भएको थियो ।

इजरायलको आक्रमणमा ४५ हजार भन्दा बढी प्यालेस्तिनीहरूको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रसंघ अनुसार, लगभग दुई मिलियन प्यालेस्तिनी विस्थापित भएका छन्। जुन गाजाको जनसंख्याको ९० प्रतिशत हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com