युक्रेनलाई हतियारको आपूर्ति तीव्र पार्न रक्षा मन्त्रालयलाई राष्ट्रपति बाइडेनको निर्देशन


प्रकाशित मिति : पुस १०, २०८१ बुधबार

अमेरिका राष्ट्रपति जो बाइडेनले युक्रेनलाई हतियारको आपूर्ति तीव्र पार्न रक्षा मन्त्रालयलाई निर्देशन दिएका छन ।

अमेरिका युक्रेनलाई रूसी सेनाको विरुद्धको रक्षा सुदृढ बनाउन निरन्तर काम गर्दै जानेछ बाइडेनले भनेका छन । उनले युक्रेनलाई अमेरिकी सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन ।

बुधबार युक्रेनमा क्रिसमसको दिनमा गरिएको रूसको ठूलो आक्रमणको निन्दा गर्दै त्यसले महत्वपूर्ण ऊर्जा पूर्वाधारलाई क्षति पुर्याएको बाइडेनले बताए ।

घृणित आक्रमणको उद्देश्य चिसो हिउँदमा युक्रेनी जनतालाई तापक्रम र बिजुलीबाट वञ्चित गर्नु र ऊर्जा पूर्वाधारलाई जोखिममा पार्नु हो बाइडनले वक्तव्यमा भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्ला केही महिनाहरूमा अमेरिकाले युक्रेनलाई सयौं वायु प्रतिरक्षा मिसाइलहरू प्रदान गरेको छ । र थप मिसाइलहरू प्रदान गर्ने तयारी गरेको छ ।

राष्ट्रपति निर्वाचित ट्रम्पका युक्रेन र रूसका लागि विशेष दूतका रूपमा नियुक्त रिटायर्ड लेफ्टिनेन्ट जनरल कीथ केलोगले पनि आक्रमणको आलोचना गरेका छन ।

क्रिसमस शान्तिको समय हुनुपर्छ तर युक्रेनमा क्रिसमसको दिन क्रूर आक्रमण गरियो उनले X मा लेखेका छन ।

प्रभुको जन्मदिनमा ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमण सुरु गर्नु गलत हो। विश्वले दुवै पक्षका गतिविधि नजिकबाट हेरिरहेको छ । शान्ति ल्याउन अमेरिकाको संकल्प अझ दृढ छ उनले लेखेका छन ।

बाइडन प्रशासनले सोमबार युक्रेनका लागि ७२५ मिलियन डलरको नयाँ सुरक्षा सहायता प्याकेज घोषणा गरेको थियो । जसमा थप भूमिगत बारुदी सुरुङ र सटीक रकेट प्रक्षेपण प्रणालीको प्रावधान समावेश रहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले X मा यो आक्रमणलाई अमानवीय भनेका छन् ।

यसैबीच, रूसको रक्षा मन्त्रालयले लामो दुरीका सटीक हतियार र ड्रोन आक्रमणले युक्रेनका महत्वपूर्ण ऊर्जा पूर्वाधारहरूमा लक्षित प्रहार गर्दै पुटिनको सेनाको लक्ष्य पूरा गरेको दाबी गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com