नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प


प्रकाशित मिति : पुस ५, २०८१ शुक्रबार

नेपालमा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । जनतालाई आपतकालिन र प्रकोपहरूको लागि तयारी गर्न, प्रतिक्रिया दिन र न्यूनीकरण गर्न शिक्षित र सशक्त बनाउन डिजाइन गरिएको अमेरिकी सरकारको वेवसाइट रेडीका अनुशार पश्चिम नेपालको बाजुराको गोत्रीदेखि २ माइल नजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट कुनै क्षति भए नभएको विवरणप्राप्त भएको छैन । तर नेपालको पश्चिम भागका जनताहरुले भूकम्पको धक्का अनुभव गरेको सामाजिक सञ्जालहरुमा लेखेका छन् । भूकम्पको धक्का नेपालसहित भारत र चीनमा समेत अनुभव गरिएको छ ।

भारतको नेशनल सेन्टर फर सेस्मोलोजीले भूकम्पको धक्का ४ दशमलव ८ म्याग्निच्युडको भएको जनाएको छ । स्थानीय समय अनुशार विहान ४ बजेर १४ मिनेटमा भूकम्पको धक्का अनुभव गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएस जिओलोजिकल सर्भेले भूकम्प ५ म्याग्निच्युडको भएको जनाएको छ । साथै भूकम्पको गहिराई १० किलोमिटर रहेको युएस जिओलोजिकल सर्भेले जनाएको छ ।

पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि महाभूकम्प नगएकाले त्यहाँको भूगर्भमा धेरै ऊर्जा सञ्चित भएर बसेको भूगर्भविद्हरू बताउँछन्। पश्चिम नेपालमा भएका पछिल्ला भूकम्पहरू सञ्चित ऊर्जा निष्कासनका लागि पर्याप्त नभएको उनीहरूको भनाइ छ।

पोखरादेखि पश्चिम भारतको देहरादुनसम्म निकै लामो समय ठूला भूकम्पीय गतिविधि नभएकाले सो क्षेत्रमा भूकम्प जाने ठूलो जोखिम भएको क्षेत्र हो। सन् १५०५ मा उक्त क्षेत्रमा भूकम्पका कारण ठूलो विनाश भएको थियो।

विसं २०७२ सालमा गोरखा जिल्लामा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पका दरारहरू पोखराभन्दा पश्चिमतर्फ देखिएका थिएनन्। भूकम्पविद्हरुका अनुसार भविश्यमा पश्चिम नेपालमा म्याग्निट्यूड ८ वा त्योभन्दा ठूलो महाभूकम्प जान सक्ने जोखिम छ। तर पश्चिम नेपालको कुन भागमा कहिले ठूलो भूकम्प जान्छ भन्न नसकिने विज्ञहरू बताउँछन्।

केही वर्षअघि गएको गोरखा भूकम्प ७।८ म्याग्निट्यूडको थियो। भूकम्प र त्यसपछिका परकम्पहरूले देशभरिका विभिन्न जिल्लामा भौतिक मात्र नभई ठूलो मानवीय क्षति पनि गरे।

उक्त भूकम्पको शृङ्खलाका कारण परकम्पका रूपमा भूगर्भमा सञ्चित शक्ति बाहिर निस्किन खोजिरहेको भए पनि काठमाण्डूको जमिनमुनि आएर जम्मा भएकाले जोखिम अझै नटरेको विज्ञहरू बताउँछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com