अफ्रिकामा एमपक्सबाट १ हजारबढीको मृत्यु


प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

अफ्रिकामा एमपक्सबाट सङ्क्रमितको सङ्ख्या ६५ हजार नाघेको छ । १ हजार २ सय जनाको मृत्यु भएको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी) ले जनाएको छ ।

महानिर्देशक जीन क्यासियाले अफ्रिकी महाद्वीपमा वर्षको सुरुदेखि अहिलेसम्म ६५ हजार ७११ एमपक्सका घटनाहरू दर्ता भएका छन । जसमध्ये १४ हजार २४१ जनामा एमपक्स पुष्टि भएको छ । ति मध्ये १ हजार २३७ भन्दा बढीको मृत्यु भएको छ ।

अफ्रिकी सङ्घको विशेष स्वास्थ्य सेवा एजेन्सीको तथ्याङ्क अनुसार गत हप्ता मात्रै, अफ्रिकामा ३ हजार ५४५ नयाँ घटनाहरू दर्ता भएका थिए ।

कासियाले अफ्रिकी महाद्वीपमा चलिरहेको एमपक्स प्रकोपका कारण मानिसहरू अझै मरिरहेका बताए । यसले हालसम्म २० देशहरूलाई प्रभावित पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमपक्स पहिलो पटक सन् १९५८ मा प्रयोगशालामा भेटिएको थियो । यो एक दुर्लभ भाइरल रोग हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com