लुम्बिनीमा अमेरिकी पर्यटकको आर्कषण बढ्दो


प्रकाशित मिति : कार्तिक २४, २०८१ शनिबार

a large red and white boat

भगवान बुद्घको जन्मस्थल लुम्बिनीमा पछिल्ला वर्षहरुमा अमेरिकी पर्यटकको आर्कषण बढ्दो छ ।

लुम्बिनी विकास कोषको सूचना शाखाको तथ्याङ्कले सन् २०२३ र २०२४ मा अघिल्ला वर्षहरुको तुलनामा अमेरिकी पर्यटकको आगमन बढेको देखाएको छ ।

लुम्बिनी विकास कोषको प्रमुख सूचना अधिकृत डा. हरिध्वज राइले पनि विगतका वर्षका तुलनामा पछिल्ला वर्षहरुमा लुम्बिनीमा अमेरिकी पर्यटक आगमन बढेको बताए ।

कोषको तथ्याङ्क अनुसार सन् २०२३ मा १ हजार ६ सय ७८ जना अमेरिकी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२४ को अक्टोवर महिनासम्ममा १ हजार २ सय ३१ जना अमेरिकी पर्यटकले लुम्बिनी भ्रमण गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सन् २०२२ मा कुल जम्मा ९ सय २४ जनाले लुम्बिनी भ्रमण गरेका थिए, भने २०२१ मा जम्मा १ सय ४० जनाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२० मा यो संख्या ४ सय ६५ थियो ।

प्रमुख सूचना अधिकृत डा.राइले लुम्बिनीमा अन्य देशहरुको जस्तै अमेरिकाको पनि आफ्नै मन्दिर स्थापना हुने हो भने अमेरिकी पर्यटक आगमन थप बढ्ने अनुभव समेत बताए । यसकालागि अमेरिकाबाट कोषसँग जग्गा माग भएमा उपलब्ध गराउन सकिने डा.राइले स्पष्ट पारेका छन् । अमेरिकी पर्यटक गुणस्तरीय र खर्च गर्ने प्रकृतिका मानिने अनुभव समेत राइले बताए ।

लुम्बिनीमा तेस्रो मुलुक श्रीलङ्का,चीन,थाइल्याण्ड,कम्बोडिया,कोरिया र म्यानमार आदी बौद्ध धर्मावलम्वी देशका पर्यटक ठूलो संख्यामा आउँछन । ति देशहरुको लुम्बिनीमा आ–आफ्ना छुट्टाछुट्टै मन्दिर पनि रहेका छन ।

बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार प्रसार एवं आवागमनको सहज वातावरण र स्थानीय स्तरमा राम्रो पर्यटकीय पूर्वाधारको व्यवस्था गर्न सकिएमा अमेरिकाबाट लुम्बिनीमा ठूलो संख्यामा पर्यटक आउन सक्ने सम्भावना रहेको प्रमुख सुचना अधिकृत राइको धारणा छ ।

लुम्बिनीमा बुद्धको माता मायादेवीको मन्दिर, बुद्ध जन्मस्थलको चिनो स्वरुप राखिएको ढुङ्गा अर्थात मार्कर स्टोन, अशोक स्तम्भ, विभिन्न पुरातात्विक सामग्रीहरु,सङ्ग्रहालय, पुस्तकालय, विभिन्न देशका गुम्बा र मन्दिरहरु, नहर, शान्ती दीप आदी दर्शनीय सम्पदा छन ।

सन् २०२३ मा तेस्रो मुलुकका राहदानी वाहक कुल ७६ हजार २ सय १० जना, भारतीय २ लाख ६६ हजार ५ सय १० जना र ६ लाख ५६ हजार २ सय १८ जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क छ । सन् २०२४ मा पनि पर्यटक आगमन दर उत्साहजनक रहेको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com