पेन्सिलभेनियामा दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिने बिलमा हस्ताक्षर, नेपालीभाषी हर्षित


प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार

lit candles

अमेरिकाको पेन्सिलभेनिया राज्यले दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गरेको छ । गभर्नर जश शापिरोले द्विदलीय विधेयकमा हस्ताक्षर गरेपछि दीपावली अब राज्यस्तरीय चाड भएको छ । दीपावलीको अव राज्य स्तरीय चाड भएतापनि उक्त विद्यालय, सरकारी कार्यालय र व्यापार व्यवसाय बन्द गर्नुपर्ने भने छैन । गभर्नरको कार्यालयले चाडको सांस्कृतिक महत्त्वलाई स्वीकार गर्दै पेन्सिलभेनियालीहरूलाई यो चाड मनाउन प्रोत्साहित गरेको छ ।

अक्टोबर ९ मा यो विधेयक पेन्सिलभेनियाको राज्यसंसदबाट पारित भएको थियो । गर्भनरले पहिलो पटक दिपावली अर्थात् दिवाली अब पेन्सिलभेनिया राज्यमा मान्यता प्राप्त चाड भएको उल्लेख गर्दै हिन्दु, जैन र शिख धर्मालम्बीहरुलाई राम्रोसँग दिपावली मनाउन शुभकामना समेत दिएका छन् । अर्को साता पेन्सिलभेनियामा रहेका सबैले बत्तिहरुको पर्व दिपावली मनाउने उनले आशा व्यक्त गरेका छन् ।

पेन्सिलभेनियामा रहेका नेपालीभाषीहरुले दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिइएकोमा खुशी व्यक्त गरेका छन् । भुटनीज कम्युनिटी इन ह्यारिसवर्षका अध्यक्ष तिलक निरौलाले हिन्दुहरुको महान चाडलाई पेन्सिलभेनिया राज्यले आधिकारिक मान्यता दिनु भएको ऐतिहासिक भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो नेपालीभाषी भुटानी लगायत सम्पुर्ण हिन्दु धर्मालम्बी नेपाली समुदायको लागि ठुलो उपलब्धी भएको उनले बताएका छन् । उनले भने -‘हामीले दशै र तिहार दुवै चाडलाई आधिकारिक मान्यता दिलाउने प्रस्ताव राखेका थियौ, हाम्रो प्रस्तावलाई आत्मसाथ गदै दिपावलीलाई आधिकारिक चाडको मान्यता दिने घोषणाबाट हामी सबै खुशी छौ ।’

त्यस्तै ओम अधिकारीले दिपावलीले पेन्सिलभेनिया राज्यबाट पहिलो पटक आधिकारिकरुपमा चाडको मान्यता पाउदा खुशी लागेको बताएका छन् । अधिकारी भन्छन् -‘यो हामी सबैको ऐतिहासिक जीत हो, हामीले उठाएका प्रस्तावलाई यसरी कार्यन्वयन हुँदा हामी सबैले गौरब गर्नु पर्छ । आगामी दिनमा हामीले उठाएका अरु विषयहरुले पनि कानुनी मान्यता पाउने आशा छ ।’

यसअधि मेरिल्याण्ड राज्यमा हिन्दुहरुको महान चाड दशैले आधिकारिक मान्यता पाएको थियो । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका ह्यारी भण्डारीको पहलमा ‘दशै डे’  बिल पारित भएको थियो ।

तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयलाई दर्शाउँछ ।

नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरि तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर र गाईआदिको पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार पर्वको मूल मर्म हो ।

दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरञ्जन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक आभाव नहोस भनेर प्रार्थना गरिन्छ । खुसी खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश दिएको हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com