गाजा युद्धले निम्त्याएको जोखिम : यस हिउँदमा ३ लाख ४५ हजारले गर्दैछन् विनाशकारी भोकमरी सामना !


प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार

PALESTINIAN-ISRAEL-CONFLICT

सहायता वितरणमा कमी आएकाले यस हिउँदमा करिब तीन लाख ४५ हजार गाजाबासीले ‘विनाशकारी’ स्तरको भोकमरीको सामना गर्ने संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले बुधबार बताएका छन् । साथै उनीहरूले प्यालेस्टिनी क्षेत्रभर अनिकालको निरन्तर जोखिमबारे चेतावनी दिएका छन् ।

राष्ट्रसङ्घीय एजेन्सी र गैरसरकारी संस्थाहरूले सङ्कलन गरेको वर्गीकरणअनुसार यो सङ्ख्या हाल ‘विनाशकारी खाद्य असुक्षा’ अनुभव गरिरहेका एक लाख ३३ हजार मानिसबाट बढेको हो ।

यस गर्मीमा मानवीय सहायतामा वृद्धिले गाजाबासीहरूलाई केही राहत दिएको भए पनि मार्च यताकै सबैभन्दा कम मात्रामा व्यापारिक एवं मानवीय आपूर्तिहरू सेप्टेम्बरमा प्रवेश गरेको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) प्रतिवेदनमा उल्लेख छ ।

यसबाट सन् २०२४ नोभेम्बर र सन् २०२५ अप्रिलबीच विनाशकारी खाद्य असुरक्षा– आइपिसी चरण ५– अनुभव गर्नेहरूको सङ्ख्या सम्भवतः तीन लाख ४५ हजार पुग्नेछ र यो कूल जनसङ्ख्याको १६ प्रतिशत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हालैको सहायतामा तीव्र गिरावटलाई उल्टाइएन भने आगामी महिनाहरूमा परिवारहरूले आफूलाई खुवाउने र आवश्यक वस्तु तथा सेवाहरूमा पहुँच प्राप्त गर्ने क्षमतालाई गम्भीर रूपमा सीमित गर्नेछ”, प्रतिवेदनमा उल्लेख छ ।

“व्यापारिक आपूर्तिहरू घटेका छन्, ठूलो मात्रामा विस्थापन भएको छ, पूर्वाधार नष्ट भएको छ, कृषि क्षेत्र तहसनहस भएको छ र मानिसहरूसँग पैसा छैन”, राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमका प्रमुख अर्थशास्त्री आरिफ हुसेनले भन्नुभयो, “यी सबै कुरा नोभेम्बरदेखि अवस्था झन् खराब हुनेछन् भन्ने आइपिसीको अनुमानमा प्रतिबिम्बित छन् ।”

अमेरिकाले मङ्गलबार इजरायललाई ३० दिनभित्र गाजा पट्टीमा सहायता वितरणमा सुधार नगरे अर्बौं डलरको सैन्य सहायताको केही भाग रोक्न सकिने चेतावनी दिएको थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकायका प्रमुख फिलिप लाजारिनीले बुधबार गाजा क्षेत्रमा अनिकालको जोखिमबारे चेतावनी दिनुभएको थियो ।

गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक आक्रमणले गाजाको विशाल क्षेत्रहरू तहसनहस भएका छन् ।

“द्वन्द्व जारी रहेसम्म र मानवीय पहुँच सीमित रहेसम्म सन् २०२४ नोभेम्बर र सन् २०२५ अप्रिलबीच अनिकालको जोखिम कायमै रहन्छ”, आइपिसी प्रतिवेदनले भनेको छ, “लगातार खुम्चिँदै गएको क्षेत्रमा जनसङ्ख्याको अत्यधिक सघनताले अस्थायी आश्रयस्थलहरूमा बस्ने, मानवीय आपूर्ति र सेवाहरूमा अनियमित पहुँच, महामारी फैलने र अभूतपूर्व मात्राको विपत्तिमा परिणत हुने जोखिमलाई बढाउँछ ।”

नोभेम्बर र अप्रिलबीच छ महिनादेखि चार वर्ष उमेरका अनुमानित ६० हजार बालबालिकालाई कुपोषण हुने अनुमान गरिएको छ ।

“तीव्र भोक र कुपोषणलाई रोक्न हामीले अहिले नै काम गर्नुपर्छ”, राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका उपमहानिर्देशक बेथ बेचडोलले भन्नुभयो, “तुरुन्तै शत्रुता रोक्न, आगामी हिउँदे बाली लगाउने मौसमका लागि समयमै वितरण गर्न महत्त्वपूर्ण र आवश्यक खाद्य सहायता र कृषि सामग्रीहरूमा मानवीय पहुँच पुनःस्थापना गर्न उनीहरूलाई खाद्यान्न उत्पादन गर्न अनुमति दिन आवश्यक छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com