रतन टाटाको उत्तराधिकारी को बन्ला ? कसले सम्हाल्छ १६५ बिलियन डलरको कारोबार ?


प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

INDIA-BUSINESS-TATA

टाटा समूहका पूर्वप्रमुख अध्यक्ष रतन टाटा अब यस संसारमा छैनन् । उनको अन्तिम संस्कार पनि बिहीबार नै गरिएको छ । उनको बिदाइपछि सबैभन्दा ठुलो प्रश्न उठेको छ- उत्तराधिकारी को बन्ला ? उत्तराधिकार पनि महत्त्वपूर्ण छ किनभने टाटा समूहको राजस्व धेरै देशहरूको जिडिपी भन्दा बढी छ। गत आर्थिक वर्षमा यस समूहले विश्वका १०० भन्दा बढी मुलुकमा व्यापार गरी १६५ बिलियन डलर सङ्कलन गरेको थियो ।

को बन्ला टाटा ट्रस्टको अध्यक्ष ?
टाटा समूहका सबै कम्पनीहरूमा टाटा सन्सको स्वामित्व छ। यस टाटा सन्सको ६० प्रतिशतभन्दा बढी सेयर टाटा ट्रस्टसँग छ। हिजोसम्म यस ट्रस्टको अध्यक्ष रतन टाटा थिए। अहिले शीर्ष पद खाली छ । यसको नयाँ अध्यक्ष ट्रस्टी बोर्डले चयन गर्नेछ। यो पद कसले लिन्छ, समयले नै बताउला ।

तर, मिडियामा नोएल टाटा वा साइरस मिस्त्रीको परिवारबाट कोही ट्रस्टको अर्को अध्यक्ष बन्न सक्ने रिपोर्ट आएको छ। यद्यपी, अहिलेसम्म टाटा ट्रस्टको नेतृत्व पारसी समुदायका व्यक्तिहरूले मात्र गर्दै आएका छन्।

नोएल टाटाले कमान्ड लिन सक्छन् !
मिडिया रिपोर्टहरूलाई विश्वास गर्ने हो भने, रतन टाटाका सौतेनी भाइ नोएल टाटाले यो ट्रस्टको जिम्मेवारी लिन सक्छन्। हाल उनी टाटा इन्टरनेशनलका अध्यक्ष छन् । उनलाई रतन टाटाको उत्तराधिकारी मानिन्छ । उनले टाटा ट्रेन्ट र भोल्टासको पनि नेतृत्व गरेका छन् । तर उनी सँधै लो प्रोफाईल रहँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शापूरजी पल्लोनजी समूह पनि महत्त्वपूर्ण
टाटा सन्समा १८.३ प्रतिशत सेयर राख्ने शापूरजी पल्लोन्जी समूहको पनि टाटा समूहमा राम्रो पकड छ। त्यसैले रतन टाटाले २८ डिसेम्बर १०१२ मा टाटा सन्सको अध्यक्षता छाड्दा सोही परिवारका साइरस मिस्त्री यस कम्पनीको अध्यक्ष बनेका थिए । तर, २०१६ मा उनले यो पद छाड्नुपरेको थियो । त्यसयता दुई परिवारबीचको सद्भाव पनि बिग्रिएको छ । तर, शापूरजी पल्लोनजी समूहको टाटा सन्समा पर्याप्त हिस्सेदारी छ जसले बोर्डरूमका निर्णयहरूलाई प्रभाव पार्न सक्छ।

नयाँ अध्यक्षमाथि चुनौती नै चुनौती
टाटा ट्रस्टको नयाँ अध्यक्ष जो कोही भए पनि उनले गर्नुपर्ने काम धेरै छन् । हाल रिजर्भ बैंकको बदलिएको नियमका कारण टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने दबाब छ । साथै, टाटा समूहको कार्यशैलीलाई कायम राख्न चुनौती छ। उनीसँग शापूरजी पल्लोनजी परिवारसँग सम्बन्ध पुनर्स्थापित गर्ने चुनौती पनि हुनेछ। यदि यो सम्भव भयो भने भविष्यमा तनावपूर्ण वातावरणबाट मुक्ति मिल्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com