बाइडेन र नेतन्याहूबीच ३० मिनेट फोन वार्ता : इरानको प्रतिकार योजना बारे छलफल


प्रकाशित मिति : आश्विन २४, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच टेलिफोन वार्ता भएको छ । बाइडेन र नेतन्याहूबीचमा ३० मिनेट लामो फोन वार्ता भएको हो ।

अगस्टयता उहाँहरूबीच भएको यो पहिलो सम्पर्क भएको अनुमान गरिएको छ । वार्तामा इजरायलको इरानको मिसाइल आक्रमणको प्रतिकार गर्ने योजना बारे छलफल भएको थियो ।

ह्वाइट हाउसले यसलाई प्रत्यक्ष र उत्पादक संवाद भनेको छ । बाइडेन र नेतन्याहूले आगामी दिनहरूमा नजिकबाट सम्पर्कमा रहने सहमति गरेको जनाइएको छ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि फोनमा सहभागी हुनु भएको थियो ।

इजरायलका रक्षामन्त्री योआव गालान्टले इरानविरुद्धको इजरायलको आक्रमण घातक, सटीक र मुख्यतया अप्रत्याशित हुने बताउनु भएको छ । हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमणले इजरायलीहरूलाई उर्जाशील बनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लेबनानको सिमानामा चलिरहेको द्वन्द्वबाट बाहिर निस्कन चाहने लाई यसले राहत दिएको छ । गाजामा भन्दा लेबनानमा उनीहरूका लागि सफलता र प्रगति देखिएको छ ।

गाजामा इजरायलको आक्रमणमा कम्तीमा ४२ हजार मानिसको ज्यान गएको छ । जसमध्ये अधिकांश सर्वसाधारण छन । हमासको विनाश र बन्धकहरूको उद्धार गर्ने प्रधानमन्त्री नेतन्याहूका दुई युद्धका उद्देश्यहरू पुरा भएका छैनन ।

हमास अझै लडिरहेको छ । अझै पनि उसले करिब १०० बन्धकहरू राखेको छ । हिजबुल्लाह र हमासलाई पुर्याएको क्षतिले केही इजरायलीहरूलाई इरानमाथि प्रत्यक्ष आक्रमण गर्ने संभावनालाई पनि बढाएको छ ।

धेरै इजरायलीहरूको लक्ष्य सूचीको शीर्षमा इरानका परमाणु स्थलहरू छन् । जुन गहिरो पहाडहरूमा निर्माण गरिएको छ ।

बाइडेनले भने स्पष्ट रूपमा इजरायललाई यस्तो कदम नचाल्न भनिरहनु भएको छ । इरानले तत्काल परमाणु हतियार बनाउन लागि नरहेको अमेरिकाले बताइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com