दशैंमा संस्कृतका श्लोकबाट दिइने आशिर्वादको अर्थ


प्रकाशित मिति : आश्विन २२, २०८१ मंगलबार

नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएका आशिर्वादहरु हुन् । आशिर्वाद दिने व्यक्तिले स्पष्टसँग उच्चारण गर्ने हो भने सामान्य रुपले पौराणिक पात्रहरुको बारेमा जानकारी भएका व्यक्तिलाई यो श्लोक त्यति कठिन छैन । तर, यसले बोकेको भाव भने निकै गहन मान्न सकिन्छ ।

श्लोक:

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

अर्थ: 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयु द्रोण सुते – द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् ।

६४ कलाका जानकार अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका एक हुन् । उनको जस्तै आयु होस् भन्ने प्रतिकात्मक अर्थले सार्थक र चिर आयुको कामना यो पहिलो श्लोकमा गरिएको छ ।

श्रेयं दशरथे – दशरथ राजाको जस्तो मान-सम्मान फैलिइ रहोस् ।

दशरथ राजा अयोध्याका एक सूर्यवंशी राजा एवं भगवान श्रीरामका पिता थिए । आफ्नो यश र कीर्तिका कारण पूरा पृथ्वीमा चर्चित रहेकोले उनको श्रेयलाई आदर्शको रुपमा मान्ने गरिन्छ ।

शत्रु क्षेयं राधवे – शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् ।

ऐश्वर्यं नहुषे – नहुष राजाको जस्तो ऐश्वर्य बनिरहोस् ।

नहुष पृथ्वी र स्वर्ग दुवैको एकैचोटि भोग गर्ने अवसर पाएका राजा हुन् । पौराणिक कथा अनुसार भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भए । ब्रह्माजीबाट अत्रि, अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध र बुधबाट पुरूरवाको जन्म भयो । पुरूरवाबाट आयु, आयुबाट राजा नहुषको जन्म भएको थियो । पृथ्वीको भोग गरिरहेका नहुष वृत्तासुरको वधका कारण इन्द्रले ब्रह्महत्याको दोष हटाउन कैलाशमा तपस्या गर्न गएको बेलामा स्वर्गको समेत राजा भएका थिए ।

गतिश्च पवने – हावाको जस्तो तीब्र गति होस् ।

मानं च दुर्योधने – दुर्योधनको जस्तो मान प्रतिष्ठा होस् ।

दुर्योधन महाभारतका एक अभिमानी पात्र हुन् ।

शौर्य‌ं शान्त नभे – आकाश जस्तो शान्त र पराक्रमी होस् ।

बलं हलधरे – बलरामको जस्तो बल होस्।

बलभद्र या बलराम श्री कृष्णका सौतेनी दाइ थिए। जो रोहिणीको गर्भबाट उत्पन्न भएका थिए । बलराम, हलधर, हलायुध, संकर्षण आदि अनेक नामले यिनलाई चिन्न सकिन्छ ।

सत्यं च कुन्तीसुते – कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्।

युधिस्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।

विज्ञानं विदुरे – विदुरको जस्तो विज्ञान होस् ।

विदुर कौरव र पाण्डवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म एक दासीको गर्भदेखि भएको थियो। विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ ।

कृतिश्च नारायणे- नारायणको जस्तो कृति होस् ।

भगवान नारायणको अवतारै अवतारका कारण उनी भगवानहरुमध्ये पनि कीर्तिमय भगवान मानिन्छन् ।

महिलाहरुलाई आशिर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छ : 

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम् ।।

अर्थ:

पद्माक्षी (लक्ष्मी) विष्णुकान्ता ‌(लक्ष्मी) घरबीच सजिऊन् सबै भरत वंशीयहरुको माझमा मौलाऊन बन्धुवर्गहरु सबै शत्रुहरु घोर पातालमा पुगुन्

श्लोक: 

देशे देशे च कीर्तिः प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा ।

जीव त्वं पुत्त्रपौत्त्रै स्सकलसुखयुतै र्हायनानां शतैश्च ।।

अर्थ: 

तिम्रा सत्कीर्ति (असल कीर्ति) राम्रा जग-मग फिँजिऊन् सुदिव्य देश-प्रदेशमा छोरा-छोरी बिचैमा रहनु र सुखले बाँचनू शताब्दी

श्लोक: 

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।

अर्थ: 

जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमीलाई नमस्कार छ

श्लोक: 

जय त्वं देवी चामुन्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवी कालरात्री नमोकस्तुते ।।

अर्थ: 

देवी, चामुन्डे ! तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दु:ख हरण गर्ने जगदम्बे! तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी! तिम्रो जय होस्। हे कालरात्री तिमीलाई नमस्कार छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com