श्रीलङ्काको राष्ट्रपतिमा मार्क्सवादी नेता दिसानायका निर्वाचित


प्रकाशित मिति : आश्विन ६, २०८१ आईतबार

TOPSHOT-SRI LANKA-POLITICS-VOTE

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएको घोषणा गरेको छ ।

शनिबार भएको निर्वाचनमा पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी हुनुभएको आयोगले जनाएको छ ।

विपक्षी दलका नेता सजिथ प्रेमदासा ३२ दशमलव ७६ प्रतिशतका साथ दोस्रो स्थानमा रहनुभयो ।

सन् २०२२ को आर्थिक पतनको चरम अवस्थामा पदभार सम्हाल्नुभएका र अन्तर्राष्ट्रिय मुद्राकोष ९आइएमएफ० बेलआउटको सर्तअनुसार कठोर मितव्ययिता नीतिहरू लागु गर्नुभएका निवर्तमान राष्ट्रपति रनिल विक्रामासिङ्घे १७ दशमलव २७ प्रतिशतका साथ तेस्रो स्थानमा रहनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विक्रमासिङ्घेले अहिलेसम्म पराजय स्वीकार गर्नुभएको छैन तर विदेशमन्त्री अली साब्रीले दिसानायका विजयी हुनुभएको स्पष्ट भएको बताउनुभयो ।

“मैले राष्ट्रपति रनिल विक्रमासिङ्घेका लागि धेरै प्रचार गरे पनि श्रीलङ्काका जनताले आफ्नो निर्णय गरिसकेका छन् । म अनुरा कुमारा दिसानायकाका लागि प्राप्त जनादेशलाई पूर्ण रूपमा सम्मान गर्छु”, साब्रीले सामाजिक सञ्जालमा भन्नुभयो ।

दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा सपथ लिनुहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com